६ वैशाख २०८१ बिहीबार
अर्थ

कुपोन्डोलमा सिटिजन्सको एटिएम

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कुपन्डोलमा एटिएम सञ्चालनमा ल्याएको छ।

सञ्चालनमा आएको एटिएमले यस क्षेत्रका ग्राहक लाभान्वित हुने बैंकले जनाएको छ। बैैंकले कारोबार सुरु गरेको ११ वर्षमा ६८ शाखा र ६९ वटा एटिएमबाट ग्राहकलाई सेवा दिइरहेको  छ। बैंकले आर्थिक वर्ष ०७४÷७५ को तेस्रो त्रैमाससम्ममा ६० अर्ब २५ करोड निक्षेप संकलन गरेको छ।

बैंकले ५५ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको जनाएको छ। सो अवधिमा एक अर्ब १७ करोड ७४ लाख सञ्चालन मुनाफा र एक अर्ब ९८ लाख खुद नाफा आर्जन गरेकोे विज्ञप्तिमा छ।

प्रकाशित: १६ वैशाख २०७५ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App