coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सेञ्चुरीको शाखालाई ‘ग’ वर्गको अनुमति

खोटाङ – नेपाल राष्ट्र बैंकले खोटाङको रावाबेंसी गाउँपालिका–३ लामीडाँडामा स्थापना गरिएको सेञ्चुरी कमर्सियल बैंकको शाखालाई ‘ग’ वर्गको सरकारी कारोबार गर्न स्वीकृति दिएको छ।

२०७२ जेठ २७ गतेदेखि लामीडाँडाबाट आर्थिक कारोबार थालेको सेञ्चुरीको शाखाले स्थानीय तहको सरकारी कारोबार गरेबापत कुनैपनि शुल्क नलिने गरी गाउँपालिका तथा नगरपालिकाको ‘ग’ समूहको खाता खोलेर सरकारी कारोबार सञ्चालन गर्ने अनुमति पाएको हो।

आर्थिक कार्यविधि ऐन २०५५, आर्थिक कार्यविधि नियमावली २०६४, सरकारी कारोबार निर्देशिका २०७१, एकल खाता कोष प्रणाली सञ्चालन निर्देशिका २०७२ तथा सरकारी कारोबार सम्बन्धी प्रचलित ऐन, नियम, कानुन अनुसार आवश्यक पूर्वाधार तयार पारी सेवा प्रारम्भ गरिएको जनाइएको छ।

‘ग’ वर्गको सरकारी कारोबार गर्ने स्वीकृति प्राप्त भएसँगै सरकारी कारोबारका लागि दिक्तेल जानुपर्ने बाध्यता अन्त्य भएको सेञ्चुरी कमर्सियल बैंक लामीडाँडा शाखाका प्रमुख रोशन सुबेदीले बताए। सुरुमा सेञ्चुरीले लामीडाँडामा शाखारहित सेवा सुरु गरेको थियो।

सेञ्चुरीको शाखाले नेपाल राष्ट्र बैंकबाट गत चैत २२ गते ‘ग’ वर्गको सरकारी कारोबार गर्न स्वीकृति पाएको हो। रावाबेंसी गाउँपालिकामा हालसम्म अन्य बैंकले सेवा विस्तार गरेका छैनन्।

प्रकाशित: १६ वैशाख २०७५ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App