coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हलेसीमा माछापुच्छ्रे बैंक

खोटाङ – माछापुच्छ्रे बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा शाखा खोल्ने भएको छ। हलेसीबजारमा डिजिटल बैकिङ सुविधासहितको शाखा विस्तार गर्न लागेको नगरका मेयर इवन राईले बताए।

शाखा स्थापनाका लागि घर, बिजुलीबत्ती, इन्टरनेट लगायत व्यवस्थापन भइरहेको बैंकले जनाएको छ। बैंकले धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक एवं स्थानीयलाई सहज र छितो बैंकिङ सेवा उपलव्ध गराउनका लागि शाखा विस्तार गर्न लागेको हो। बैंकले रेमिट सेवा, एटिएम लगायत सुविधा पनि प्रदान जनाएको छ। वैशाख तेस्रो हप्ताभित्र शाखा स्थापना हुने बताइएको छ।

हलेसीमा सेञ्चुरी कमर्सियल बैंकले शाखा विस्तार गरिसकेको छ। सेञ्चुरीले नगरपालिकामा छुट्टै डेस्क स्थापना गरेर उपभोक्ता समितिको खाता खोल्ने, दिक्तेलसम्म पुगेर चेक साट्ने र गाउँमै लगेर रकम भुक्तानी गर्ने लगायत सेवा प्रवाह गर्दै आएको मेयर राईले बताए। हलेसीमा सालपा विकास बैंकले समेत सेवा दिँदै आएको छ।

प्रकाशित: १६ वैशाख २०७५ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App