४ वैशाख २०८१ मंगलबार
समाज

पसलमा आगलागी हुँदा १५ लाख क्षति

सर्लाही – जिल्लाको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारस्थित पसलमा आगलागी हुँदा १५ लाख रूपैंया बराबरको क्षति भएको छ।

बरहथवा नगरपालिका–६ स्थित रामेश्वर साहको घरमा भाडामा रहेको सोही ठाउँ निवासी संजय साहको ओम साई टे«डर्स किचन हाउस नामक पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। बिहीबार मध्यराति भएको आगलागीबाट पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। आगलागीबाट १५ लाख रूपैयाँ बराबरको नोक्सान भएको बताइएको छ।

विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, सुरक्षाकर्मी लगायतको प्रयासमा पौने घन्टामा आगलागी  नियन्त्रणमा लिइएकाले थप ठूलो क्षति हुनबाट जोगिएको बरहथवा प्रहरीले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७५ ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App