७ वैशाख २०८१ शुक्रबार
समाज

‘हरेक गाउँमा खानेपानी पुर्याउछौं’

चन्द्रागिरी– खानेपानी मन्त्री बिना मगरले देशैभरिका हरेक स्थानीय तह र गाउँमा खानेपानी सुविधा पुर्याउने मार्गचित्र बनाउने तयारी मन्त्रालयले गरिरहेको बताएकी छिन्।

शनिबार चन्द्रागिरी १२ मा बलम्बु खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री मगरले सरकारले खानेपानीलाई प्राथमिकतामा नराखेकाले यसअघि समस्या समाधान हुन नसकेको बताइन। ‘देशभरिको खानेपानी अवस्थाबारे एकीन विवरण नै संकलन भएको छैन’, उनले भनिन, ‘आगामी आर्थिक वर्षमा हरेक स्थानीय तहको विस्तृत योजना बनाउने तयारी गरिरहेका छौं।’

तराई तथा पहाडका फरक फरक भुगोलमा खानेपानी वितरणको छुट्टाछुट्टै योजना बनाइने मन्त्री मगरले जानकारी गराइन। ‘तराई क्षेत्रमा बग्ने नदीको पानी प्रशोधन गरेर स्वच्छ खानेपानी पुर्याउन ८ वटा ठुला योजना कार्यान्वयन गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने तयारी भइरहेको छ’, उनले भनिन, ‘पहाडमा खानेपानीका मुहान संरक्षण र वितरणको छुट्टै योजना छ।’ खानेपानीका लागि गृहिणी महिलाहरुले गर्नुपरेको संघर्ष र मेहनत कम गर्न मन्त्रालयले योजना बनाइरहेको उनले सुनाइन।

खानेपानी मन्त्रालयले सेवामुलक र ब्यावसायिक गरि २ किसिमका योजना बनाउने उनले बताइन। ‘जनतालाई स्वच्छ खानेपानी पुर्याउने योजना सेवामुलक हो। खानेपानीमा आधारित उद्योगले सञ्चालन गरेर रोजगारी र आयआर्जन वृद्धि गर्ने योजना ब्यवसायिक हो’, उनले भनिन, ‘नेपालका हिमालबाट बगेको पानी शुद्ध हुने भएकाले विदेशमा धेरै माग छ।’ नेपालमा पानी उद्योगको विकास गरेर राष्ट्रिय आय बढाउन सकिने उनको धारणा छ।

प्रकाशित: १५ वैशाख २०७५ १४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App