७ वैशाख २०८१ शुक्रबार
खेल

अमेरिकालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

होस्टन– आयोजक अमेरिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।
बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा अर्जेन्टिनाका इजिक्वेल लाभेजिले खेलको तेस्रो मिनेटमा गोल गर्दै टेलिलाई १–० को अग्रता दिलाएका थिए। 

खेलको ३२ औं मिनेटमा गोल गर्दै लियानेल मेसीले टोलीको अग्रता दोब्बर पार्दा अर्जेन्टिनाले पहलो हाफमा २–० को अग्रता लिएको थियो। खेलको ५० र ८५ आैं  मिनेटमा गोल्जालो हिग्विनले गोल गर्दै टोलीलाई ४–० को सहज जित दिलाएका थिए।
शनिबार हुने फाइनलमा अर्जेन्टिनाले चिली र कोलम्बियाबीचको विजेतासँग खेल्नेछ।

 

प्रकाशित: ८ असार २०७३ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App