८ वैशाख २०८१ शनिबार
कला

पूर्व प्रेमीसँग जोडी बाध्दै माधुरी

मुम्बई– सुन्दर मुस्कान र अब्बल नृत्यले परिचित बलिउड अभिनेत्री माधुरी दीक्षितले पूर्व प्रेमीसँग जोडी बाध्ने भएकी छिन्।

करण जौहरले सबैभन्दा महंगो बजेटमा निर्माण गर्न लागेको फिल्म ‘कलंक’मा माधुरीले पूर्वप्रेमी सञ्जय दत्तसँग स्क्रिन शेयर गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शुक्रबारबाट फिल्मको शुटिङ्ग सुरु गरेकी माधुरी करण जौहरसँग फेरि एकपटक काम गर्न पाएकोमा उत्साहित देखिएकी छिन्। उनले आफूले करण जौहरसँग मराठी फिल्म बकेट लिस्टपछि दोस्रोपटक काम गरिरहेको भन्दै अहिलेसम्मको सहकार्य उत्कृष्ट रहेको बताइन्। यद्यपी आफ्नो जोडीका रुपमा देखिन लागेका पूर्वप्रेमी सञ्जय दत्तका बारेमा भने उनले केही प्रतिक्रिया दिएकी छैनन्। माधुरी र सञ्जयको अफेयरलाई १९९० को दशकको हट अफेयर मानिन्छ।

कलंकमा माधुरी र सञ्जय दत्तका साथै वरुण धवन, आलिया भट्ट, सोनाक्षी सिन्हा र आदित्य राय कपूरको अभिनय देख्न पाइनेछ। अभिषेक वर्मनले निर्देशन गर्ने फिल्म १९ अप्रिल २०१९ मा रिलिज हुनेछ।

प्रकाशित: १५ वैशाख २०७५ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App