coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पोखरा सफाइ अभियानमा पहारी

पोखरा- प्रदेश नम्बर ४ का युवा सांसद एवं युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजिव पहारीले सरसफाई अभियानको सुरुवात गरेका छन्। 

कास्की क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख)बाट निर्वाचित सांसद पहारीले आफ्नै नेतृत्वमा पोखरा सफाइ अभियान चलाएका हुन्। त्यसक्रममा शनिबार पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ मा सफाइ गरियो। यहाँ आयोजित बृहत सरसफाइ कार्यक्रममा स्थानीय, विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता रह्यो।

‘स्वस्थ रहौं स्वच्छ वातावरण निर्माण गरौं भन्ने मुल उद्देश्यका साथ सञ्चालन गरिएको अभियानको मुल उद्देश्य सफा र सुन्दर पोखरा निर्माण गर्नु रहेको छ। सासंद पहारीका अनुसार आगामी दिनमा हप्ताको एक घण्टा ‘राष्ट्रका लागि स्वयम् सेवक’ भन्ने मुल नारालाई आत्मासाथ गर्दै अघि बढ्ने अभियानको योजना छ।

प्रकाशित: १५ वैशाख २०७५ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App