५ वैशाख २०८१ बुधबार
समाज

जन्ममिति घटाएर निर्देशक पदमा

काठमाडौं- समाज कल्याण परिषदका निर्देशक शिवकुमार बस्नेतले दुईवटा नागरिकता लिएर पदावधी बढाएको भन्दै जिल्ला प्रशासन कार्यायल, ललितपुरमा उजुरी परेको छ।

नविन योगीले गरेको उजुरी अनुसार निर्देशक वस्नेतले तत्कालिन सुनाकोठी गाविसवाट दुईवटा नागरिकता लिएको प्रमाण राखी उजुरी दर्ता गरेका हुन। झुटो नागरिकता विवरण वनाएर एक बर्ष बढी जागिर खान खोजेको आरोप योगीले लगाएका छन।

योगीले दिएको उजुरीमा वस्नेतले लिएका दुबै नागरिकताको नम्वरसहित उमेर पनि फरक देखिन आएकोले कारवाहीको माग गरिएको छ। ‘एक बर्ष अन्तर राखेर दुईवटा नागरिकता लगेर उनले राज्यको कानुनी जालसाछी, किर्ते गरेको र प्रमाणित प्रतिलिपि नागरिकता र दोस्रो नागरिकताको प्रतिलिपि साथ संलग्न राखी दोषी उपर कारवाही लागि अनुरोध छ’ योगीको उजुरीमा उल्लेख छ। गत वैशाख ७ गते दर्ता भएको उक्त उजुरीलाई जिल्ला प्रशासन कार्यालय, ललिपुरले ४७७२ नम्वरमा दर्ता गरेर आवश्यक कारवाही अघि बढाएको छ।

उजुरीमा उल्लेख भए अनुसार वस्नेतले सुरुमा लिएको नागरिकता प्रमाणपत्रको नम्बर १२६९/०३५/३६ रहेको छ भने अर्को नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा भने २/२०५ नम्वर उल्लेख गरिएको छ। एउटै व्यक्तिको नागरिकतामा दुईवटा नम्वर मात्रै होइन, प्रतिलिपि बनाउँदा जन्ममिति पनि एक बर्ष घटाइएको छ। ०३५ साल चैत २८ गते नागरिकता लिदाँ सो नागरिकतामा १८ बर्ष उमेर खुलाइएको देखिन्छ भने दोस्रो पटक २०४४ माघ ११ गते प्रतिलिपि वनाउँदा भने १०१८ असार १५को मिति राखिएको छ।

तत्कालिन प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली सोही फरक फरक जन्ममितिका कारण वर्खास्त भए झै निर्देशक बस्नेतलाई पनि वर्खास्त गर्नुपर्ने माग योगीले राखेका छन्। तर, बस्नेतले भने आफ्नो पूर्ण मिति खुलेको नागरिकता मात्रै आधिकारिक भएको जिकिर गरे। ‘पहिलाको नागरिकता हराएपछि पुनः अर्को नागरिकताको प्रतिलिपि लिएको थिएँ, त्यसमा पूर्ण मिति उल्लेख छ, त्यो नै जताततै प्रयोग भएको छ,’ निर्देशक बस्नेतले नागरिकसँग भने, ‘मेरा विरुद्ध लाग्नेहरुले यो उजुरी दर्ता गराएका हुन, यसका बारेमा मैले सिडियो कार्यालयमा पनि जानकारी गराइसकेको छु।’

उनका अनुसार प्रजिअ कार्यालयले जुन नागरिकतालाई सदर गर्छ, त्यो स्वीकार गर्न आफू तयार भएको जानकारी गराई सकिएको छ। पहिलो नागरिकताको आधारमा ५८ बर्ष लागि सकेका हुनाले जागिरको समयसीमा सकिएता पनि नयाँ नागरिकताको आधारमा भने वस्नेत अझै फागुन १५ सम्म निर्देशक पदमा रहिरहने छन्।

प्रकाशित: १५ वैशाख २०७५ ११:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App