coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनसँग शान्तिपूर्ण सम्बन्धमा भारतको जोड

नयाँदिल्ली– भारतले चीनसँग शान्तिपूर्ण सम्बन्धनमा जोड दिने बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण गरी स्वदेश फर्केलगत्तै शनिबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत र चीनले शान्तिपूर्ण सम्बन्धमा जोड दिने समझदारी भएको बताएको छ।

चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा भारतीय प्रम मोदीले दुबै देशबीच जनस्तर (पिपुल टु पिपुल)को सम्बन्ध बलियो बनाउने प्रयासमा जोड दिएका थिए। अन्तर्राष्ट्रिय महत्वका द्विपक्षीय सम्बन्धबारे चर्चा भएपनि दुबै नेताबीच कुनै सम्झौता नभएको बताइएको छ। ‘दुबै नेताले आतंकवादको आलोचना गरेका छन्’, विज्ञप्तिमा भनिएको छ।

मोदीको चीन भ्रमणमा भारत र चीनले एक–अर्काको फिल्म प्रदर्शन गराउने समझदारी गर्दै सीमा क्षेत्रमा शान्ति कायम राख्न प्रतिबद्धता जनाएका छन्। दुबै नेताको कुराकानीले सम्बन्ध अझै प्रगाढ हुने विश्वास भारतले गरेको छ।

प्रकाशित: १५ वैशाख २०७५ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App