भारतका तीन पूर्व राजदूतको पदयात्रा अनुभव

'डोल्पोको सुन्दरता अरुसँग तुलना हुन सक्दैन'

शनिबार, १५ बैशाख २०७५, १५ : ०४ नागरिक

काठमाडौं- नेपालका लागि तीन पूर्व भारतीय राजदूतले डोल्पोको पदयात्रा पुरा गरेर फर्केका छन्। उनीहरुले डोल्पोको सुन्दरता अन्य कुनैसँग तुलना हुन नसक्ने बताए। देव मुखर्जी, श्याम शरण र रणजीत रायले तल्लो डोल्पोको दुई साता लामो पदयात्रा गरेका थिए।

विश्वका धेरै ठाउँ डुले पनि लोअर डोल्पोको सुन्दरताले आफुलाई आकर्षित गरेको श्याम शरणले बताए। 'विश्वका धेरै ठाउँ डुलेको छु तर लोअर डोल्पो उत्कृष्ट लाग्यो', शनिबार शरणले आफ्नो यात्रा अनुभव सुनाए।

फोक्सुन्डो तालको सौन्दरतामा तीन दिन त्यहीँ विताएको रणजीत रायले बताए।

'फोक्सुन्डो ताल यति मन पर्यो, तीन रात त्यहीँ बस्यौं,' उनले भने 'फोक्सुन्डोमा हिँउँ परेको दृष्य सबै भन्दा स्मरणीय रह्यो।'

डोल्पो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि त्यहाँका गरिबि रहनु अत्यन्त दुर्भाग्य भएको देव मुखर्जीले बताए। 'सुन्दरताको कमि छैन तर गरिबिको पनि कमि छैन', उनले भने, 'पर्यटनले त्यहाँका जनताको जीवनस्तर उकास्न मदत गुर्नुपर्छ।'

उनीहरुले अतुलनीय प्राकृतिक दृष्ष र प्राचिन धर्म बोनको प्रभाव त्यहाँ रहेको भन्दै उनीहरुले डोल्प घुम्न सुझाव दिए। यार्शागुम्वा पाउने यो क्षेत्रको तिब्बती पठारसँग मिल्दो जुल्दो भूबनोट छ।

उनीहरुले उमेर ढल्कँदै गर्दा यस क्षेत्रको भ्रमण गरेको बताउँदै नेपाल तथा भारतका युवालाई डोल्पो एक पटक पुग्दै पर्ने स्थलको रुपमा सुझाए। डोल्पो नियन्त्रीत क्षेत्रमा पर्ने पदयात्रा हो। अध्यागमनको अनुमति लिएरमा विदेशीहरु यस क्षेत्रमा पदयात्रामा जान पाउँछन्। अहिले वर्षमा १ हजार हाराहारी यस क्षेत्रमा पदयात्रा गर्दै आएका छन्। हिमालयन एक्सिपिडेसनले पूर्व तीन राजदूतको पदयात्राको चाँजो मिलाएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad