७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप दाबीमा ट्रम्प सक्रिय

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर अमेरिकी देशहरुले फिफा विश्वकप आयोजनाका लागि गरेको संयुक्त दाबीमा समर्थन गर्न आह्वान गर्दै समर्थन नगर्ने देशले राजनीतिक इबिको सिकार बन्नु पर्न सक्ने चेतावनी दिएका छन्।

‘अमेरिकाले क्यानाडा र मेक्सिकोसँग मिलेर २०२६ को विश्वकप आयोजनाका लागि बलियो दाबी प्रस्तुत गरेको छ,’ ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘हामीले सधै सहयोग गरिरहेका देशले अमेरिकी दाबीको पक्षमा समर्थन जनाएनन भने त्यो लज्जाको विषय हुनेछ । हामीलाई आवस्यकता पर्दा समर्थन नजनाउने देशलाई हामीले किन सहयोग गरिरहने ?’

अमेरिकी संयुक्त दाबीको विरुद्धमा २०२६ को विश्वकप आयोजना गर्न उम्मेदवारका रुपमा मोरक्कोलेमात्र दाबी प्रस्तुत गरेको छ । विश्व फुटबलको सर्बोच्च निकाय फिफाले आसन्न रुस विश्वकप सुरु हुनुअघि मस्कोमा जुन १३ मा २०२६ को विश्वकप आयोजकको निर्णय गर्नेछ।

फ्रान्सेली फुटबल संघ (एफएफए) का अध्यक्ष नोइल ली ग्रेटले फ्रान्सको समर्थन मोरक्कोलाई रहने बताएका छन् । ली ग्रेटले यसअघि २०१० मा एकपटकमात्र विश्वकप आयोजना गरेको अफ्रिका सधै अपहेलित रहँदै आएको बताउका थिए।

२०१० मा दक्षिण अफ्रिकाले विश्वकप आयोजना गरेको थियो । अफ्रिकी फुटबल महासंघ (सिएएफ) का अध्यक्ष अहमद अहमदले पनि मोरक्कोको पक्षमा मतदान गर्न युरोपेली देशहरुलाई आह्वान गरेका छन् । अहमदले यसपाली युरोपले अफ्रिकालाई सहयोग गरे अर्को पटक आफूहरुले पनि युरोपलाई सहयोग गर्ने बताएका थिए । उता दक्षिण अमेरिकी फुटबल महासंघका १० देशले पनि यसै महिना संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु उत्तर अमेरिकी दाबीको पक्षमा रहेको बताएका थिए।

प्रकाशित: १५ वैशाख २०७५ ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App