coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जुनियर टेनिस हुने

काठमाडौं – आइएमई फाउन्डेसनको आयोजना तथा जुनियर इनिसियसन(जेटीआई) को संयोजनमा जेठ पहिलो साता आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने भएको छ।

जेठ ६ देखि १२ गतेसम्म भंगालस्थित नाउलिङ स्पोर्टस भिल्ला र मण्डिखटार टेनिस क्लबमा हुने प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ ८ वर्षमुनि, ९ वर्षमुनि, १० वर्षमुनि, १२ वर्षमुनि र १४ वर्षमुनिका पाँच उमेर समूहमा प्रतिस्पर्धा गराइने जेटिआईका संयोजक कुष्णराज घलेले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए।

१ सय ५० सहभागि अपेक्षा गरिएको प्रतियोगितामा १४ वर्ष मुनिको छात्र तथा छात्रा विजेताले ३६ हजार रुपैयाँ बराबरको बैंककको हवाई टिकट पाउनेछन् भने टिकटमा १८ हजार रुपैयाँको प्रायोजन पाउनेछन् । यसैगरी तेस्रो स्थान हासिल गर्ने खेलाडीले चन्द्रागिरी केबलकारको ४ वटा टिकट प्राप्त गर्नेछन्।

१२ वर्ष मुनिमा विजेताले २० हजार रुपैयाँ बराबरको दिल्लीको हवाई टिकट पाउँदा उपविजेताले त्यसमा १० हजार प्रायोजन तथा तेस्रो हुनेले चन्द्रागिरी केबलकारको ४ वटा टिकट प्राप्त गर्नेछन् । त्यस्तै १० वर्ष मुनि, ९ वर्ष मुनि  र ८ वर्ष मुनि उमेर समूहमा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः १२ हजार रुपैयाँ बराबरको १ वर्षे जिटिआई ट्रेनिङ, ६ हजार रुपैयाँ बराबरको ६ मिहिने जिटिआई ट्रेनिङ र चन्द्रागिरी केबलकारको ४ वटा टिकट प्राप्त गर्नेछन्।

प्रकाशित: १५ वैशाख २०७५ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App