coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सात नम्बर प्रदेश विजयी


काठमाडौं – विनोद खत्रीको अर्धशतकप्रेरित प्रदेश नम्बर ७ ले मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगितामा शुक्रबार ५ नम्बर प्रदेशमाथि ७१ रनको विजय हासिल गरेको छ।

विनोदले ३७ बलमा ३ चौका र ३ छक्का प्रहार गरेपछि कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको ७ नम्बर प्रदेशले निर्धारित ३० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रनको योगफल बनाएको थियो । १ सय ७० रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ ले २३.४ ओभरमा ९८ रन जोड्दा सबै विकेट गुमायो।

ओपनर गजेन्द्रसिंह बोहरा चाढै पवेलियन फर्किए पनि अर्का ओपनर राजन सिंह र सुवाश एैयरले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै ७ नम्बर प्रदेशको इनिङ उकासेका थिए । सुवाशले २० रन बनाउँदा राजनले ३७ रन जोडे । त्यसपछि विनोद र राहुल भण्डारीले पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गरेपछि ७ नम्बर प्रदेश सम्मानजनक योगफल बनाउन सफल भएको थियो । राहुलले १३ रन बनाउँदा विनोद ५२ रन बनाएर रनआउट भए । नारायण जोशीले १२ रन बनाए।

५ नम्बर प्रदेशका नविन भट्टराई र राहुलकुमार लुनियाले २÷२ विकेट लिँदा सोम शर्माको नाममा १ विकेट रह्यो ।
नारायण जोशी र नरेन्द्र साउदले ३÷३ विकेट लिएपछि ७ नम्बर प्रदेशका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । कुशल मल्लले ३२, विशालविक्रम केसीले १७ र राहुलकुमारले १६ तथा विपिन न्यौपानेले १२ रन जोड्दा अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । जितसँगै प्रदेश नम्बर ७ समुह ‘ए’को शीर्ष स्थानमा छ । सामान २ अंक जोडेको प्रदेश नम्बर २ दोस्रो स्थानमा छ । प्रदेश नम्बर २ ले शुक्रबारै ४ नम्बर प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो।

टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर ४ ले २८.३ ओभरमा सबै विकेट गुमाएर १ सय रन बनाएको थियो । १ सय १ रनको लक्ष्य प्रदेश नम्बर २ ले १३.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

प्रदेश नम्बर ४ का लागि अनित बरालले २९ रन बनाउँदा इशान श्रेष्ठले २३ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । दुई नम्बर प्रदेशका निखिल सिंहले ६ ओभरमा १ मेडन राख्दै १० रन दिएर ४ विकेट लिए । बी यादवले ३ विकेट लिँदा व्यास यादवले २ विकेट आफ्नो नाममा लेखाए।

१ सय १ रनको लक्ष्य पछ्याएको २ नम्बर प्रदेशका लागि इमरान शेखले ३३ र तृतराज दासले २८ रन बनाए । साहिल पटेल र अमित यादवले समान ६ रन बनाउँदा सुजित शाह १३ रनमा अविजित रहे।

प्रकाशित: १५ वैशाख २०७५ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App