coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चट्याङले लागेर ७ घाइते, गहुँबाली नष्ट

अछाम – अछामको मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन्।

असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ। ६ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन्।

यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन्।

यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिए। “उनले भने पाकेको गहुँ असिनाले लग्यो, अब के खाने भन्ने चिन्ताले सताउन थाल्यो।” आधा केजीसम्मको असिना परेपछि तरकारी र गहुँखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए।  (रासस)

प्रकाशित: १५ वैशाख २०७५ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App