coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइपीएल : श्रेयसकाे कप्तानी इनिङमा दिल्लीकाे शानदार जित

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत दिल्ली डेयर डेभिल्सले घरेलु मैदान फिरोज शाह कोट्लामा कोलकाता नाइटराइडर्समाथि ५५ रनको सानदार जित निकालेको छ ।  

टस हारेर व्याटिङ गरेको दिल्लीले कोलकातालाई २२० रनको लक्ष्य दिएको थियो। २२० रनको लक्ष्य पाएको कोलकाताले ९ विकेटको क्षतिमा १६४ रन मात्र बनाउन सक्यो।

कोलकताका अान्द्रे रसेलले ४४ रनको योगदान दिए पनि जितका लागि काफि हुन सकेन। शुवमान गिलले ३७ र सुनिल नारिनले २६ रन बनाए ।

बलिङतर्फ अमित मिश्रा, अभेस खान, ग्लेन म्याक्सवेल र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

दिल्लीका नवनियुक्त कप्तान श्रेयर अायरले नट आउट ९३ रन बनाउँदै जितका लागि महत्वपूर्ण योग्दान गरे। उनले ४० बलमा ३ चौका र १० छक्का प्रहार गरे।

पृथ्वी शाले ४४ बलमा ६२ रनको पारी खेले।  उनले ७ चौका र २ छक्का प्रहार गरे। कोलिन मुनरोले १८ बलमा ४ चौका र २ छक्कासहित ३३ तथा ग्लेन म्याक्सवेलले १८ बलमा १ चौका र २ छक्कासहित २७ रन जोडे।

बलिङतर्फ पियुषा चावला, शिभम माभी र आन्द्रे रुसेलले समान १ विकेट लिए।

यो जितसँगै दिल्ली ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ।  ६ खेलबाट १० अंक बटुलेको चेन्नई शीर्ष स्थानमा छ।

प्रकाशित: १५ वैशाख २०७५ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App