रामचन्द्र पौडेलले देउवालाई भने : प्रधानमन्त्री नभए पनि गणेशमानलाई जनताले पूज्छन्

शुक्रबार, १४ बैशाख २०७५, २१ : ४९ बालकृष्ण अधिकारी  | @adhikaribal

काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा गुटबाट माथि उठ्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि चैत ९ गतेबाट जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेलले देउवा सिंगो पार्टीको नेता बन्नु भन्दा गुट र समुहकै नेतामा रमाइएको आरोप लगाएका हुन।

पार्टीको १३औं महाधिवेशनपछि देउवालाई भेटेर अब सिंगो पार्टीको नेता बनेर सबैलाई समेटेर अघि बढ्न आग्रह गरेको स्मरण गर्दै पौडेलले भने, ‘तर उहाँ तयार हुनु भएन। परिणाम आज कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं।’

प्रतिनिधि र प्रदेशसभा निर्वाचन नेतृत्वकै कारण पार्टी पराजीत भएको दोहोर्याउँदै पौडेलले पार्टीलाई न्याय, निष्पक्ष र पारदर्शी ढंगबाट अघि बढाउन नसक्दा निर्वाचनमा ठूलो क्षेती भएको जिकिर गरे। पुरानो कार्यशैलीलाई नसच्याए पार्टी अझ कमजोर बन्ने गुनासो गर्दै उनले सबैलाई समेटेर अघि बढ्न सके मात्र पार्टी संगठन सुदृढ र मजबुत बन्ने सुझाए।

नेतृत्वलाई त्यागको भावना देखाउन आग्रह गर्दै पौडेलले सत्ताका लागि मरिहत्ते नगर्न सभापति देउवालाई सुझाएका छन्। ‘गणेशमान (गणेशमान सिंह) जी कति पटक प्रधानमन्त्री हुनुभयो र देउवा (शेरबहादुर देउवा) जी कति पटक प्रधानमन्त्री हुनुभयो ? जनताले गणेशमानलाई पुज्छन् कि देउवाजीलाई?’

पार्टी सभापति र तत्कालीन गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य बिमलेन्द्र निधिबीच नेपाल प्रहरीको आइजीपी नियुक्तीमा देखिएको फरक मत, राजदूत सिफारीस, तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग जस्ता विषयले पार्टीलाई निर्वाचनमा अपुरणीय क्षती पुगेको उनले सुनाएका थिए।

जेठभित्रै महासमिति बैठक र बैशाखमै जिल्ला सभापतिहरुको भेला बोलाउन नेतृत्वलाई आग्रह गर्दै पौडेलले देशभरी प्रशिक्षण अभियान चलाउनु पर्ने बताएका थिए ।

सभापतिको हुर्मत लिनेगरी पार्टीका शीर्ष नेताले लिखित धारणा बाहिर ल्याएको भन्दै देउवा पक्षीय नेताहरुले जारी बैठकमा पौडेलको तीब्र आलोचना गरेपछि उनले अधिकांस समय त्यसकै बचाउमा बिताएका थिए। बिहीबार दुई घण्टा बढि समय आफ्नो धारणा राख्नमा खर्चेका नेता विजयकुमार गच्छदारले शुक्रबारको बैठकमा पनि लामो बोलेपछि महामन्त्री शशांक कोइराला र सभापति शेरबहादुर देउवाले धारणा राख्न बाँकी नै छ। शनिबारको बैठकमा दुबै नेताले आ आफ्ना धारणा राख्नुको साथै सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेछन्।

बैठकले महासमिति, जिल्ला सभापतिहरुको बैठक र भेलाको मिति र स्थान तोक्नुको साथै संगठन सुदृढीकरणका लागि केन्द्रीय प्रतिनिधि खटाउने लगायतका विषयमा निर्णय लिनेछ।

त्यस्तै, रिक्त पदाधिकारी मनोनयनका लागि सभापति देउवाले शनिबारको बैठकमा नेताहरुको नाम प्रस्ताव गर्ने सम्भावना छ । निर्वाचित केन्द्रीय सदस्यहरु मध्यबाट सभापतिले एक/एक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयनका लागि केन्द्रीय समिति बैठकमा नाम प्रस्ताव गर्ने विधानको व्यवस्था छ । उक्त प्रस्तावलाई निर्वाचित सदस्यहरुको बैठकले अनुमोदन गर्नुपर्ने विधानमा व्यवस्था छ । सोही अनुसार सभापति देउवाले विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि प्रस्ताव गर्ने गृहकार्यमा छन् ।

यद्यपी उपसभापतिमा हालै कांग्रेस प्रवेस गरेका विजय कुमार गच्छदार र गोपालमान श्रेष्ठको पनि दाबी छ। गच्छदारलाई उपसभापति बनाउन विधानले नै दिंदैन।  





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad