coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एनआरएनले घर बनाउने आशामा तीन वर्षदेखि टहरामा लाप्राकवासी

अहिले टहरामा रहेको लाप्राक गाउँ ।

लाप्राक (गोरखा) - गैरआवासीय नेपाली संघ (एनआरएन) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन। सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्।

‘एक वर्षसम्म घर कहाँ बनाउने भन्ने अन्यौल रह्यो, एनआरएनको आशमा दुई वर्ष बित्यो’ लाप्राककी स्थानीय मैयाँ गुरुङले भनिन् ‘सरकारले अनुदान नदिने रे, एनआरएनको घर तयार भएको छैन टहरामै नबसेर के गर्नु ?’ लाप्राक सिङ्गो गाउँको साविक गाविस हो । उक्त गाउँ भूकम्प अघिदेखि पहिरोको जोखिममा थियो । भूकम्पपछि थप पहिरोको जोखिममा रहेको लाप्राकका स्थानीय गुप्सिपाखा सर्ने तरखरमा थिए। एनआरएनले गुप्सिपाखामा सबै घर निर्माण गरेर सिङ्गो गाउँ नै पुन:निर्माण गर्ने सम्झौता गरेपछि लाप्राकी घर पर्खिरहेका छन्। तर एनआरएनको लाप्राक एकीकृत बस्ती निर्माणको काम निकै सुस्त छ।

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लाप्राक स्थित गुप्सिपाखामा एनआरएनले निर्माण गरेको एकीकृत नमुना बस्ती।  तस्बिर : नरहरि

पाँच सय ७३ घरधुरीको निर्माण तीन पाँच महिना अघि गएको ‘डिसेम्बर’ मा सिध्याउने पूर्व अध्यक्ष शेष घलेले उद्घोष गरेका थिए। त्यसयता भवन भट्ट अध्यक्ष भएको पाँच महिना पुग्यो तर अहिलेसम्म लाप्राक पुन:निर्माण सकिएको छैन र अझै केही महिना सम्पन्न हुने छाँटकाँट देखिँदैन।

गैरआवासीय नेपाली संघ (एनआरएन) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन। सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्।

पाँच सय ९७ घर निर्माण सिध्याउनु पर्नेमा सोमवार सम्म ७६ घर मात्रै छाइएको छ। यी घरमा निलो रङको जस्ता र ट्रस्ट टाँगिएका छन्। दुई सय १६ घर झ्याल सम्म निर्माण भएको छ भने ९६ घर त्यसभन्दा मुनिको भाग सम्म निर्माण भएको छ। एक सय ५ घर डिपिसी भएको छ । अझै २ घरको जग खन्न बाँकी छ भने ३३ घर जगको खाल्डो मात्रै खनेर राखिएको छ। ‘आउँदो असोज महिनासम्म बस्ती निर्माण सिध्याउँछौँ’ बस्ती निर्माणका साईड म्यानेजर एवं इन्जिनियर लक्ष्मण अर्यालले भने। अहिले धमाधम काम भईरहेको उनी बताउँछन्। ‘दुई महिना यता हामीले तिब्र रुपमा काम गरिरहेका छौँ, बितेको एक महिना यता प्रगती धेरै भएको छ’ इन्जिनियर अर्यालले भने।

भूकम्पमा सिङ्गै गाउँ भत्किएको लाप्राक पुरानो थातथलोमा बस्ने अवस्था भएन। २०७२ बैशाख १२ को साँझदेखि नै धार्चे गाउँपालिका लाप्राकका स्थानीय गुप्सीपाखामा सरे। भूकम्पमा भत्किएको घरबाट जस्ता र काठपात झिकेर गुप्सिपाखाको टहरामा बस्न पुगेका लाप्राकी त्यहाँ एनआरएनले एकिकृत बस्ती बनाईदिने भएपछि अहिले भूकम्पले चिरिएको पुरानै लाप्राकमा अस्थायी टहरामा गुजारा चलाउँदै आएका छन्। करिब १८ दशमलव ३ हेक्टर जमिनमा बस्ती बसाल्न एनआएरएन, पुन निर्माण प्राधिकरण र स्थानीय बिच त्रिपक्षीय सम्झौता भएको थियो। लाप्राक गोरखाको हिमाली बस्ती हो। गुप्सिपाखामा हिउँपर्ने र अत्याधिक चिसो हुने गर्छ । गएको फागुन तेस्रो साता एनआरएनका अध्यक्ष भबन भट्ट आफैँ लाप्राक पुगेर गोलाप्रथा गरी स्थानीयलाई घरको जिम्मा लगाएका थिए। त्यसता पनि पुन:निर्माणको गती भने सुस्त नै छ। आफ्नो घर कुन पर्छ भन्ने यकिन नहुँदा स्थानीयले श्रमदान गर्न आनकानी गरेको, काठ सहयोग नगरेको गुनासोपछि गोलाप्रर्था गरेर घर कहाँ पर्छ भन्ने यकिन गरिएको थियो।

अहिले लाप्राकमा एक सय जना नेपाली सेना र एक सय ५ जना अन्य कामदारले पुननिर्माणमा सघाईरहेका छन्। एक सय ५ मध्ये करिब ३० प्रतिशत स्थानीय र अन्य बिभिन्न ठाउँका स्वयमसेवक छन्। उक्त बस्तीमा घर बनेपनि एउटा पनि शौचालय निर्माण भएको छैन। ‘चर्पी कसले बनाउने भन्ने टुङ्गिएको छैन’ धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले भने ‘एनआरएनले बनाउँछु भनेर मौखिक बताएका छन् तर लिखित रुपमा थाहा छैन, निर्माण गर्छन गर्दैनन भन्ने प्रष्ट जानकारी आएको छैन, निर्माण पनि सुरु भएको छैन।’ छिनछिनमा मौसम बदली हुँदा काम प्रभावित भएको इन्जिनियर लक्ष्मण अर्याल बताउँछन्। लाप्राकको छिमेकी गाउँ, भूकम्पको केन्द्रबिन्दु बारपाकमा झण्डै ६० प्रतिशत घर निर्माण सकेर भूकम्प पीडित पक्की घरमा बसिसके भने लाप्राकी भूकम्पको तेस्रो वार्षिकि पनि टहरामै मनाउँदैछन्।

 

प्रकाशित: १४ वैशाख २०७५ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App