७ वैशाख २०८१ शुक्रबार
अर्थ

भूकम्पले विस्थापित विद्यालय निर्माण

रिवन काटेर नवनिर्मित भवनको उद्धघाटन गर्दै जर्मन र नर्बेका राजदुतद्वय। तस्बिरः हिम/नागरिक

रसुवा – भूकम्पका कारण विस्थापित भएको रसुवाको स्याफ्रुस्थित कोमिन स्यामेवाङफेल माविको नयाँ भवन निर्माण गरिएको छ। 

भूकम्पले पहिरो झरेपछि विद्यालय विस्थापित हुन पुगेको थियो। स्याफ्रुबेशीबाट विस्थापित भएको विद्यालय कोमिनमा निर्माण गरिएको हो। शाही नर्वेजियन राजदूतावसको आर्थिक सहयोगमा जर्मन संघिय आर्थिक सहयोग तथा विकास मन्त्रालयको तर्फबाट जिआइजेड मार्फत शान्ति आरोग्य जेभी ललितपुरले निर्माण गरेको हो।

३ करोड ६८ लाख ६ सय ७० रुपयाँको लागतमा तीन वटा भवन निर्माण गरिएको छ। तीन वटा भवनमा १२ वटा कोठा निर्माण गरिएको बताइएको छ। नवनिर्मित भवनको नेपालका लागि जर्मन राजदूत रोलान्ड शाफर र नेपालका लागि नर्वेका राजदुत लास्से वोर्न योहानेसनले संयुक्त रुपमा बिहीबार उद्धघाटन गरेका हुन्।

जिल्लाको पाँच वटै स्थानीय तहका विद्यार्थी उक्त विद्यालयमा अध्ययन गरिरहेका छन्। उक्त विद्यालयको नाम तिब्बती भाषाबाट राखिएको हो। स्यामे भन्नाले स्याफ्रुबेशी, वाङ भन्नाले आयु र फेल भन्नाले बढोस वा फैलियोस भन्ने अर्थ लाग्छ।

उक्त विद्यालयमा अहिले ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जिल्लामा भूकम्पले क्षति गरेका ८९ वटा सामुदायिक विद्यालयमध्ये २३ वटा विद्यालय हस्तन्तरण भइसकेको छ। ४६ वटा विद्यालय निर्माणाधिन छन् भने ३० वटा विद्यालय जग्गा अभावका कारण निर्माण हुन सकेका छैनन्।

प्रकाशित: १४ वैशाख २०७५ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App