coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विशेषज्ञ समिति गठन

काठमाडौं- स्वास्थ्य परीक्षण गरेर वैदेशिक रोजगारीमा गएका युवायुवती असफल भएर फर्कने क्रम नरोकिएपछि यथार्थ पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले विशेषज्ञ समिति गठन गर्ने निर्णय गरेको छ।

कांग्रेस नेता गगन थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेको निर्णय अनुसार विशेषज्ञ समितिमा स्वास्थ्य मन्त्रालयका प्रथम श्रेणीका चिकित्सक रहने बताइएको छ। उक्त समितिमा नेपाल मेडिकल काउन्सिलका चिकित्सक, श्रम तथा कानुन मन्त्रालयका अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति रहने गरी समिति गठन हुने निर्णय गरिएको छ।

स्वदेशमा स्वास्थ्य परीक्षण गरेर वैदेशिक रोजगारीमा जाँदा पनि विदेशमा असफल भएको भन्दै रोजगारदाता कम्पनीले फिर्ता पठाउने क्रम बढेपछि पछिल्लो समयमा विदेश गएका युवायुवती समस्यामा पर्दै आएका छन्। फर्किएका युवाको बारे जानकारी लिन विगतमा पनि त्यस्तै खाले समितिले अध्ययन गर्ने गरे पनि प्रभावकारी हुन नसकेको धेरैको गुनासो रहँदै आएको थियो।

यसअघिको समितिमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति रहने व्यवस्था नहुँदा पीडितलाई बेवास्ता हुँदै आएको थियो। पछिल्लो समयमा दैनिक १२ देखि १५ सय युवायुवती वैदेशिक रोजगारीमा जाने गरे पनि मेडिकलको लापरबाहीले गर्दा तीमध्ये करिब १० प्रतिशत विदेशमा असफल भएर फर्कने गरेको पाइन्छ। स्वदेशको स्वास्थ्य परीक्षणमा सफल र विदेशमा असफल भएर फर्केका युवायुवतीले दिनहुँ वैदेशिक रोजगार विभाग लगायतका निकायमा उजुरी गरे पनि पीडितले न्याय पाउन सकेका छैनन्।

प्रकाशित: १२ भाद्र २०७३ ०४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App