७ वैशाख २०८१ शुक्रबार
समाज

कालीखोलामा पहिरो, मुग्लिन सडक अवरुद्ध

रत्ननगर (चितवन), ८ असार । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत कालीखोला भन्ने स्थानमा खसेको पहिरोका कारण आज बिहान ४ बजेदेखि सडक अवरुद्ध हुन पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अहिले पहिरो पन्छाउने क्रम जारी रहेपनि माथिबाट पहिरो खस्ने क्रमसमेत रोकिएको छैन । सडक बन्द हुँदा चितवनबाट काठमाडौँ, पोखरा जाने र आउने सवारी बीच बाटोमै रोकिएका छन् ।  डोजरको सहयोगमा प्रहरीले पहिरो पन्छाउने काम गरिरहेको जनाइएको छ ।
यसअघि मङ्गलबार पनि विभिन्न क्षेत्रमा खसेको पहिरोका कारण सो सडक दिनभर जसो प्रभावित भएको थियो । चार किलो र जलविरेमा खसेको पहिरोका कारण दिनभर प्रभावित भएको सो सडक अपराह्नदेखि मात्रै खुलेको थियो । रासस

 

प्रकाशित: ८ असार २०७३ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App