८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मेयरमा कुकुरको ह्याट्रिक

अमेरिकी राज्य मिनेसोटाको कोर्मोरेन्ट शहरको मेयर पदमा एउटा कुकुरले ह्याट्रिक गरेको छ । कुकुरले मेयरको दुइटा कार्यकाल पूरा गरिसकेको छ । गत साता भएको मेयरको निर्वाचनमा बहुमत ल्याएर कुकुरले यो पद पुनः सुनिश्चित गरेको हो । ड्युक नाम गरेको कुकुरले यसरी कीर्तिमान कायम गरेको हो ।

‘शहरको मेयर चुन्न हरेक वर्ष मतदान हुने गर्छ । त्यहाँ मतदाताले जो कसैलाई पनि मेयर पदका निम्ति मतदान गर्न सक्छन् । यसपालिको निर्वाचनमा एकजनाबाहेक सबै मतदाताले ड्युकलाई भोट दिए । ती एउटाले चाहिँ मेयर पदका लागि आफ्नी प्रेमिकालाई योग्य ठहराउँदै उनलाई भोट दिएका थिए,’ समाचारमा भनिएको छ ।

शुक्रवारबाट

प्रकाशित: १२ भाद्र २०७३ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App