राप्रपा प्रजातान्त्रिकको बैठक काठमाडौँमा

शुक्रबार, १४ बैशाख २०७५, ११ : ०२ नागरिक

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ।

पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था भएकाले अध्यक्ष पशुपतिशम्शेर जबराले सो बैठक बोलाएका हुन्।

पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश प्रमुख, जनवर्गीय संगठनका अध्यक्षलगायत करीब ३०० को सहभागिता हुने उक्त बैठकले राप्रपा परिवेशका दल तथा नेतालाई एकताबद्ध गर्ने र मुलुकको समसामयिक राजनीतिक परिस्थितिमा देशभर संगठन सुदृढीकरणबारे छलफल गर्ने महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए।

यसअघि पार्टीका अध्यक्ष राणाको संयोजकत्वमा गठन गरिएको निर्वाचन समीक्षासम्बन्धी कार्यदलले त्यसको प्रतिवेदन, अध्यक्ष राणाले राजनीतिक प्रतिवेदन, महामन्त्री धु्रवबहादुर प्रधानले सांगठनिक प्रतिवेदन, सचिवालय प्रमुख राजाराम श्रेष्ठले सचिवालयले अहिलेसम्म गरेका कार्यक्रमका साथै भावी कार्यक्रमको प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजन भई गत साउन २४ गते गठन भई भदौ ६ गते सर्वोच्च अदालतले मान्यता दिएको उक्त पार्टीको केन्द्रीय कार्य समितिको बैठक पहिलो पटक बस्न लागेकाे हाे। रासस








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad