coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

टीपीएसको समय थपिएन, १२ महिनाभित्र अमेरिका छोड्नु पर्ने

अमेरिका – अमेरिकामा रहेका नेपाली नागरिकका लागि अमेरिकी सरकारले भूकम्पका कारण दिइएको (टेम्प्रोररी प्रोटेक्ट स्टाटस) टीपीएसको समय नथप्ने बताएको छ। होमल्याण्ड सेक्यूरिटीकी सचिव क्रृष्टिजेनएम नेल्सनद्वारा जारी विज्ञप्तिमा टीपीएसको समय नथपिने जनाइएको छ।

विज्ञप्ति मार्फत अबको एक वर्षभित्र उक्त सुविधा लिएकाहरुले नेपाल फर्किनु पर्ने बताइएको छ। जुनकारण टीपीएस दिइएको हो त्यो अवस्था अर्थात भूकम्पको प्रभाव हाल नरहेको उल्लेख गर्दै १२ महिनाभित्र देश फर्कने तयारी गर्न आग्रह गरिएको छ।

समय नथपिए पनि अबको एक वर्षका लागि टीपीएस सुविधा लिएकाहरुले फेरी वर्कपरमिट लिनु पर्नेछ। अमेरिकी सरकारद्वारा सन् १९९० बाट प्रकृतिक प्रकोप वा मानवीय विपत्तिबाट राहात होस भन्ने उद्देश्यले सुरु गरिएको टीपीएस सन् २०१५ जुनबाट नेपालीले पाएका थिए। सन १९९० मा लागू गरीएको आप्रवासी कानुन अनुसार ‘कुनै पनि देशमा विपत्ती परेको खण्डमा उक्त देशमा फर्केर जादाँ आइपर्ने असुरक्षालाई मध्यनजर गर्दै उक्त कानुन अमेरिकी कांग्रेसले पारीत गरेको थियो।

विश्वका ११ मुलुकका लागि चार लाख, ३६ हजार विदेशीलाई अमेरिकी सरकारले टीपीएस सुविधा दिँदै आएको छ।

६० दिन अगावै अर्थात अप्रिल महिनाको २५ तारिख भित्रै टीपीएस नवीकरण सम्बधि निर्णय सार्वजनिक गर्ने कानुनी प्रक्रिया रहेका छ। जस अनुसार जुन २५ तारिकमा सकिने समयका लागि यही अप्रिल २५ भित्रै थप्ने वा नथप्ने निर्णय सार्वजनिक हुनेछ।

कागजपत्र विहीन, कागजपत्र नभएकै कारण जेलमा परेका, विद्यार्थी लगायत यो सुविधाबाट लाभान्वित हुनेछन्। अमेरिकी कानुनले आपराधिक गतिविधिमा सजाय भोगेका बाहेक अन्य कारणले देश निकाला (डिपोटेसन) परेका व्यक्तिले पनि टीपीएस अवधिसम्म अमेरिकामै काम गर्न पाउँने छन्।

प्रकाशित: १४ वैशाख २०७५ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App