७ वैशाख २०८१ शुक्रबार
समाज

त्रिशुलीमा ग्याँस बुलेट पल्टियो, चालकको मृत्यु

त्रिशुली नदीमा पल्टिएको ग्याँस बुलेट।

 धादिङ –धादिङको मलेखुस्थित त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ।

काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पृथ्वी राजमार्गकाे धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। अनियन्त्रित भई ग्याँस बुलेट सडकबाट ३५ मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।
 

प्रकाशित: १४ वैशाख २०७५ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App