१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जसको नामबाट हुन्छ दिनहुँ रक्तदान

‘रक्तदान जीवनदान !’ सानुमैयाँ कपालीको ओठमै थियो यो वाक्य । त्यसैले त उनी रेडक्रस सोसाइटीमा रहेर हरेक हप्ता रक्तदान कार्यक्रममा जुट्थिन्।अहिले सानुमैयाँ जीवित छैनन् । तर पनि उनको नामबाट ‘रक्तदान जीवनदान !’को अभियान चलिरहेको छ।

२०७२ वैशाख १२ गते पनि सानुमैयाँ वसन्तपुरस्थित काष्ठमण्डप परिसरमा भएको रक्तदानमा जुटिरहेकी थिइन् । रगत निकाल्दै गर्दा भूकम्प आयो । भूकम्पले काष्ठमण्डप ढाल्यो । त्यही काष्ठमण्डपले दुई दशकदेखि समाजसेवामा क्रियाशिल ४२ वर्षीय कपाली पुरिइन् । भूकम्पले काष्ठमण्डपमा रक्तदान गरिरहेका अन्य १० जनाको पनि ज्यान लियो।  

‘कपाली जीवित हुँदा रगतको जोहोमा जुट्ने गर्थिन्, निधनपछि पनि त्यसैगरी उनको नामबाट रगत संकलन गर्ने काम भइरहेको छ,’ सानुमैयाँका श्रीमान् तथा फाउन्डेसनका संरक्षक धननारायण कपाली भने, ‘सानुमैयाँ कपाली मेमोरियल फाउन्डेसन खोलेर अहिले दैनिक रक्तदान कार्यक्रम गरिरहेका छौं ।’ उनका अनुसार सुरुमा उपत्यका बाहिर पनि सानुमैयाँको नामबाट रक्तदानलगायत अन्य सामाजिक कार्यक्रम गरिएको छ।

‘कपाली जीवित हुँदा रगतको जोहोमा जुट्ने गर्थिन्, निधनपछि पनि त्यसैगरी उनको नामबाट रगत संकलन गर्ने काम भइरहेको छ,’ सानुमैयाँका श्रीमान् तथा फाउन्डेसनका संरक्षक धननारायण कपाली भने, ‘सानुमैयाँ कपाली मेमोरियल फाउन्डेसन खोलेर अहिले दैनिक रक्तदान कार्यक्रम गरिरहेका छौं ।’

पछिल्लो समयमा भने वसन्तपुर आसपासमा निरन्तर रक्तदान भइरहेको उनले बताए । उनका अनुसार रक्तदान कार्यक्रम गरेको २ सय ४६ दिन (बिहीबारसम्म) पुगेको छ । हालसम्म झन्डै ३६ सय जनाले रक्तदान गरिसकेको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले अहिले सुन्धारा, धरहरा क्षेत्रमा रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम गर्दै आएको छ । अधिकांश कार्यक्रम सुन्धारा क्षेत्रमा हुने गरेको फाउन्डेसनले जनाएको छ।

सानुमैयाँ समाजसेवामा अत्यन्तै क्रियाशील रहेको तथा रक्तदान कार्यक्रमकै सिलसिलामै भूकम्पमा परेर निधन भएको भन्दै उनका आफन्तले फाउन्डेसन खोलेर रक्तदानलगायत सामाजिक कार्यक्रम गर्दै आएका हुन् । आगामी दिनमा पनि यसैगरी निरन्तर सामाजिक कार्यक्रम गर्ने योजना रहेको फाउन्डेसनले जनाएको छ ।

 

प्रकाशित: १४ वैशाख २०७५ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App