प्रतिनिधिलाई प्रश्न

‘समन्वय नहुँदा सडक विस्तारमा समस्या छ’

शुक्रबार, १४ बैशाख २०७५, ०८ : १६ नागरिक

प्रकाश श्रेष्ठ, वडाध्यक्ष
चन्द्रागिरि नगरपालिका– १२

तपाईं जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के काम गर्नुभयो ?
जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको ११ महिना भइसक्यो । हामी आउँदा स्थानीय तह अस्तव्यस्त थियो । हामी आएसँगै वडाले दिने सेवा प्रवाहलाई व्यवस्थित गर्दै आएका छौँ। सेवा प्रवाहसँगै विकास निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।

सतुंगलचोकदेखि हरियालीचोकसम्म ६ सय २५ मिटर सडक कालोपत्रे गर्‍यौँ । बलम्बुको प्रगतिनगरमा दुई सय ३५ मिटर सडकलाई कालोपत्रे गरेर व्यवस्थित गराएका छौँ । त्यस्तै, वडामा रहेका करिब १५ वटा कच्ची सडकलाई ग्राभेलिङ गरेका छौँ ।

जनप्रतिनिधि भएर काम गर्न कत्तिको सहज रहेछ ?
२०५४ मा पनि गाविस अध्यक्ष भएर काम गरेको अनुभव मसँग छ । जनताको पीरमर्का पहिलेदेखि नै बुझ्दै आएको हुँ । लामो समय स्थानीय तहको निर्वाचन हुन सकेन । जसकारण स्थानीय तह जनप्रतिनिधिविहीन बन्यो । त्यसैले जनप्रतिनिधिसँग जनताका धेरै चाहना र आकांक्षा रहेका छन् ।

तपाईंको वडामा खानेपानीको चरम अभाव छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
मेरो वडाको मुख्य समस्याका रूपमा खानेपानी देखिएको छ । पर्याप्त मात्रामा खानेपानी वितरण गर्न सकेका छैनौँ । पछिल्लो समय वडामा जनघनत्व बढेसँगै खानेपानीको चर्काे समस्या भएको हो । वडा कार्यालयले खानेपानी व्यवस्थापनका लागि पानीका मुहानको खोजी तीव्र बनाएको छ । त्यस्तै दुईवटा ड्रिप बोरिङ खन्नका लागि अध्ययन अघि बढेको छ । अबको दुई वर्षभित्रै प्रत्येक वडावासीको घर–घरमा पानीसहितको धारा पुर्‍याउनेछौँ ।

बलम्बु ब्लकभित्र बस्ने स्थानीयले वर्षाैंदेखि लालपुर्जा पाएका छैनन् नि ?
सदियौँदेखि नेवार समुदायको बसोबास हुँदै आएको क्षेत्र हो, बलम्बु ब्लक । त्यहाँ करिब चार सय घरधुरी  बसोबास गर्दै आए पनि घर तथा जग्गाको लालपुर्जा पाएका छैनन् । त्यसैले वडा कार्यालयले सदियौँदेखि बस्दै आएका स्थानीयलाई लालपुर्जा वितरण गर्न कानुनी प्रक्रिया अघि बढाइसकेको छ । अबको केही महिनाभित्रै लालपुर्जा वितरण गर्नेछौँ ।

तपाईंको वडामा सडक लथालिंग छ, कहिले व्यवस्थित गर्नुहुन्छ ?
मेरो वडामा गुर्जुधारादेखि सतुंगलसम्म राजमार्ग पर्छ । जहाँ लामो समयदेखि सडक विस्तार हुन सकेको छैन । सडक विस्तार नहुँदा वडावासीले धुलोको सामना गर्नुपरेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले समयमै सडक निर्माण नगर्दा समस्या भएको हो । सडक निर्माणका लागि बारम्बार अनुरोध गर्दा पनि आयोजनाले बेवास्ता गर्दा समस्या भएको हो । सडक निर्माणमा धेरै निकायको भूमिका हुने रहेछ । तर, एक–अर्काे निकायबीच समन्वय नहुँदा काम नभएको हो । वडा कार्यालयले आफ्नो मातहत पर्ने १५ वटा भित्री सडकमा ग्राभेलिङ थालिसकेको छ । त्यस्तै, १३ फिटे र २० फिटे सडक मापदण्ड कार्यान्वयनमा ल्याएर सडक विस्तारलाई अगाडि बढाइरहेको छ ।

चन्द्रागिरि रिङ रोडको योजना कता पुग्यो ?
चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि नगर क्षेत्रलाई समेटेर बृहत चन्द्रागिरि रिङरोडको योजना अघि सारेको छ । नगरपालिकाले रिङरोडको डिपिआर अध्ययन अगाडि बढाइसकेको छ । अबको केही समयभित्रै रिङरोड निर्माण कार्यलाई अघि बढाउनेछौँ । उक्त रिङरोडले नागढुंगा, दहचोक, सतुंगल, नैकाप, बलम्बु हुँदै पुरानो नैकाप क्षेत्रलाई समेट्नेछ । त्यस्तै, वडा कार्यालयले विष्णुदेवी त्रिवेणीघाटदेखि नैकाप बल्खुखोलासम्म दुवैतर्फ १०–१० मिटर चौडाइको करिडोर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाइरहेको छ ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
आफ्नो कार्यकालसम्म स्वच्छ र हराभरा वडा बनाउने लक्ष्य लिएर अगाडि बढेको छु । मेरो कार्यकालभित्रै वडाका प्रत्येक सडक कालोपत्रे गर्नेछु । अबको दुई वर्षभित्रै वडावासीको प्रत्येक घरधुरीमा खानेपानीको व्यवस्थापन गर्नेछु ।

नगरपरिषबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषदबाट वडा कार्यालयका लागि दुई करोड ३५ लाख रुपैयाँ विनियोजन भएको छ । वडा कार्यालयले खानेपानी, सडक, ढल तथा अन्य विकास निर्माणलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छु।

स्वास्थ्यसम्बन्धी कस्ता कार्यक्रम अघि सार्नुभएको छ ?
जनप्रतिनिधि  भएर आएसँगै  वडावासीका लागि विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौँ । जसबाट प्रत्यक्ष रूपमा जनता लाभान्वित भइराखेका छन् । केही समयअघि मधुमेहसम्बन्धी स्वास्थ्य शिविर राखेका थियौँ । जसबाट ६ सय भन्दा धेरै  जनता लाभान्वित भए । त्यस्तै, आँखा शिविरलगायत कार्यक्रम पनि निरन्तर अघि बढाएका छौँ । वडा कार्यालयमा रहेको स्वास्थ्य चौकीको सुधार गरेर निःशुल्क ल्याब सेवा थप गरेका छौँ ।
प्रस्तुति ;  हिमाल लम्साल

 




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad