coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आइपीएल : सनराइजर्स हैदरावादसँग किंग्स इलेभन पञ्जाब १३ रनले पराजित

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदरावादले किंग्स इलेभन पञ्जाबलाई १३ रनले पराजित गरेको छ।

घरेलु मैदान राजिव गान्धी इन्टरनेशनल स्डेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। १ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो।

पञ्जाबका लागि ओपनर लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रनको योगदान दिए।

हैदरावादका लागि मनीष पाण्डेले सर्वाधिक ५४ रन बनाए। ५१ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे।

शकिब अल हसनले २९ बलमा ४ चौकासहित २८ रन जोड्दा युसुफ पठान २१ रनमा अविजित रहे। शिखर धवनले ११ रन बनाएका थिए। 

हैदाराबादका बलर रसिद खानले ३, सकिब अल हसन, सन्दीप शर्मा र बसिल थम्पीले २/२ विकेट लिँदै टिमको जितका लागि महत्वपूर्ण योग्दान गरे।

जितसँगै हैदरावाद आइपीएल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

आज (शुक्रबार) हुने खेलमा दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्स आम्ने साम्ने हुने छन्।

प्रकाशित: १४ वैशाख २०७५ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App