८ वैशाख २०८१ शनिबार
अर्थ

जगातीमा महिन्द्रा टु ह्विलरको सर्भिस सेन्टर

काठमाडौं– नेपालका लागि महिन्द्रा टु ह्विलरको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले भक्तपुरको जगातीमा आधिकारिक सर्भिस सेन्टर खोलेको छ ।विकास मोटरसाइकल वर्कसपका रुपमा स्थापना गरिएको उक्त सर्भिस सेन्टरबाट भक्तपुर आसपासका ग्राहकले सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

सर्भिस सेन्टरमा महिन्द्रा टु ह्विलरका स्कुटर तथा बाइकको गुणस्तरीय सेवा तथा जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुने बताइएको छ । सवारी बिक्री गर्नमात्र केन्द्रित नभई ग्राहकमुखी सेवा र स्पेयर पार्टस् सर्वसुलभ बनाउनेतर्फ पनि कम्पनीले ध्यान केन्द्रित गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: १४ वैशाख २०७५ ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App