८ वैशाख २०८१ शनिबार
अर्थ

प्युठान र अर्घाखाँचीमा जेसिबीको आधिकारिक आउटलेट

काठमाडौं– जेसिबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

नयाँ ‘एआरओ’बाट जेसिबीका ग्राहकले विश्वस्तरीय एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । यस क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीको सहजताका लागि जेसिबीले आधिकारिक आउटलेट सुरु गरेको हो।

प्युठानको ‘एआरओ’ प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरे र प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्युठान हेभी इक्विपमेन्ट संघका अध्यक्ष बालाजु श्रेष्ठ, प्युठान निर्माण व्यवसायी संघका अध्यक्ष पशुपतिनारायण नकर्मी लगायतको उपस्थिति थियो।

त्यसैगरी, सन्धिखर्क ‘एआरओ’को उद्घाटन सन्धिखर्क नगरपालिका मेयर कमलप्रसाद भुसाल र अर्घाखाँची निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारले संयुक्त रुपमा गरेका थिए । दुवै नयाँ ‘एआरओ’बाट जेसिबी ब्रान्डका मेसिनको पार्टस् बिक्री गरिनुका साथै सर्भिस पनि दिइने कम्पनीले जनाएको छ।

योसँगै जेसिबीले सातवटा स्थानमा ‘एआरओ’ स्थापना गरिसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गल्छी, चरिकोट, लहान, डडेलधुरा र बनेपामा यसअघि नै जेसिबीका आधिकारिक बिक्री केन्द्र सञ्चालन भइसकेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १४ वैशाख २०७५ ००:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App