प्रधानन्यायधीश नियुक्तका लागि संसदीय समिति गठनको तयारी

बिहिबार, १३ बैशाख २०७५, २२ : २२ नागरिक

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संंवैधानिक आयोगको पदाधिकारी नियुक्तका लागि विशेष संसदीय सुनवाइ समिति गठनको प्रक्रिया रहेको जानकारी गराएका छन्। 

रिपोर्टर्स क्लबमा विहीबार आयोजित साक्षात्कारमा उनले चाँडै नै समिति गठन गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्त गरिने बताए। ‘‘प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाइ भइरहेको छ। यसमा हामी गम्भीर भएका छौँ,’’ उनले भने, ‘‘प्रधानन्यायाधीशको नियुक्तिबारे हामी विशेष समिति गठनको प्रक्रियामा छौँ, सुुनुवाइ समिति गठन भएपछि सुनुवाइ गरेर हामी संवैधानिक परिषद्मा सिफारिश गर्छौं।’’

संसद् नबस्दा प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको भन्दै उनले कायममुकायम प्रधानन्यायाधीश भए पनि न्याय सम्पादनमा कुनै बाधा तथा अड्चन नपरेको बताए।

मन्त्री तामाङले सरकार मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्नेतर्फ अग्रसर भएको धारणा राखे। न्यायाधीशहरुको सम्पत्ति तत्काल सार्वजनिक गर्नका लागि आफूहरु यतिबेला कानून निर्माणमा जुटेको उनले जानकारी गराए।

उनले सरकारको पहिलो प्राथमिकता नै कानून निर्माण भएकाले सोही अनुसार अहिले अहिले मन्त्रालयले संघ, प्रदेशलाई चाहिने कानून निर्माण भइरहेको बताए। ‘‘हामी अहिले नयाँ कानून निर्माण चरणमा रहेका छौँ,’’ उनले भने, ‘‘नयाँ कानून निर्माण गरिसकेपछि संविधानसँग बाझिएका कानूनलाई संशोधन गरिनेछ।’’ 








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad