coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

महिलामैत्री शौचालय निर्माण अभियान सुरु गराैं : मन्त्री मगर

सिन्धुली– खानेपानी मन्त्री बिना मगरले सार्वजनिक शौचालयलाई महिलामैत्री बनाउन अभियान सुरु गर्नुपर्ने बताएकी छन्।

विहीबार सिन्धुलीलाई देशकै ४९ औं खुला दिसामुक्त जिल्ला घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले महिलामैत्री शौचालय नहुँदा समस्या हुने गरेकाले महिलामैत्री अभियानमा जोड दिइन। ‘सार्वजनिक शौचालय महिलामैत्री छैनन्, जसले गर्दा महिनावारी भएका महिलालाई समस्या हुने गरेको छ’, उनले भनिन, ‘खुला दिसामुक्त घोषणापछि अब महिलामैत्री शौचालय निर्माण अभियान सुरु गर्नुपर्छ।’

खुलादिसामुक्त घोषणा कागजमा नभई व्यवहारमा गर्नु महत्वपूर्ण रहेको मन्त्री मगरले बताइन। ‘सरसफाई हाम्रो चेतना र बानीसङ्ग जोडिएको छ, तसर्थ हामीले संस्कार र बानी सुधार्नुपर्छ’, उनले भनिन, ‘हामीले खुला दिसामुक्त जिल्ला त घोषणा गर्यौ, अब सरसफाईलाई ध्यान दिने जिम्मा सिन्धुलीवासीको हो।’ सरसफाई मानिसको स्वास्थ्य, ज्यान र आयु जोडिएको उनले बताइन।

वर्तमान सरकार ५ वर्षसम्म चल्ने स्थिर प्रकृतिको भएकाले जनताका सपना पूरा हुने मन्त्री मगरले विश्वास व्यक्त गरिन। ‘खानेपानीका समस्या समाधानका लागि सरकारले दीर्घकालीन योजना बनाइरहेको छ’, उनले भनिन, ‘जनताको घरदैलोमा खानेपानी सुविधा पुर्याएरै छाड्छु।’ खानेपानी सुविधा समृद्धिको मुख्य आधार भएकाले सरकारले खानेपानीलाई प्राथमिकतामा राखेको उनले भनाई छ।

प्रकाशित: १३ वैशाख २०७५ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App