coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विद्यार्थी नपाएपछि सरकारी विद्यालय बन्द

पाल्पा– शैक्षिक सत्रको सुरुवातमै विद्यार्थी नभएपछि जिल्लाको एक विद्यालय बन्द गरिएको छ।  रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा रहेको सिद्ध प्राथमिक विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। 

रम्भा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले विद्यालयमा विद्यार्थी नआएको भन्दै विद्यालयमा अनुगमन गरि तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको बताए। ‘विद्यालय बन्द गर्ने भनेर गाउँपालिकामा पत्र प्राप्त भयो। अर्को शैक्षिक सत्रमा विद्यार्थी भए खोल्ने गरि अहिले विद्यार्थी नभएकै कारण विद्यालय बन्द गरेका छौं’, भण्डारीले भने, ‘गत वर्षहरुमा ५÷७ जना विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयमा यो वर्ष एकमात्र विद्यार्थी भर्ना हुन आएपछि अन्यत्रै सारी बन्द ग¥यौं।’

नयाँ शैक्षिक सत्रमा भर्ना हुन आएका अमृत विकलाई छिमेकी विद्यालय भवानी प्राविमा भर्ना गराईएको छ। रम्भा गाउँपालिकाका कार्यपालिका समूह, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा शाखा प्रमुख गुणाराम खनाल लगायतको टोलीले अनुगमनपछि सो विद्यालय बन्द गर्ने निर्णय गरेको बताईएको छ। विद्यालयमा राहत कोटामा कार्यरत शिक्षकलाई महेन्द्र आधारभूत विद्यालयमा खटाईएको छ। बालकक्षा सहयोगीलाई साना हुँगी माविमा र कार्यालय सहयोगीलाई बर्थिङ्ग सेन्टरमा काजमा खटाईएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १३ वैशाख २०७५ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App