७ वैशाख २०८१ शुक्रबार
राजनीति

दिल्लीबाट १६ दिनपछि महन्थ फर्के

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १६ दिन लामो बसाईंपछि नयाँ दिल्लीबाट काठमाडौ फर्केका छन्। 

उनी बुधवार राती नयाँ दिल्लीबाट काठमाडौ फर्केका हुन्। मुटुको उपचार गर्न उनी १६ दिनअघि भारत गएका थिए। नयाँ दिल्लीको मेदान्त अस्पतालमा उनको मुटको एञ्जियोगाफ्रीको अप्रेशन गरिएको थियो। ठाकुरको साथमा राजपाकी नेतृ तथा सांसद चन्दा चौधरी पनि भारत गएकी थिइन। चौधरी पनि ठाकुरसंगै काठमाडौ फर्केकी छन्। ठाकुरको स्वास्थ्यमा त्रमिक सुधार भएको ठाकुरका सहयोगी सतेन्द्र मिश्रले जानकारी बताए। 

भारतमा ठाकुरको बसाइ लम्बिएका कारण गत बैशाख ८ गते हुने भनिएको राजपाको अध्यक्ष मण्डलको बैठक बस्न सकेन। अझै एक दुई दिनपछि मात्र बैठक बस्ने भएको छ। ठाकुर भारतमै भएको बेला गत बैशाख ७ गते राजपाले आफनो पहिलो स्थापना दिवस काठमाडौंमा मनाएको थियो। सो कार्यक्रममा पनि ठाकुर अनुपस्थित रहेका थिए।

प्रकाशित: १३ वैशाख २०७५ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App