coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

थपिएको समयमा पनि सकिएन काबेली करिडोर

काबेली करिडोरको थापाटारको सबस्टेशन। तस्बिरः गिरिराज/नागरिक

पाँचथर – फाल्गुनमा विद्युत प्रसारण लाईन काबेली करिडोरको अनुगमनमा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीलाई थपिएको समय को सिमामा जसरी पनि सकिने दाबी गरेका थिए। 

वैशाख–१० गते भित्र जसरी काम सकिने उनको दाबी थियो। विभिन्न जलविद्युत आयोजनाबाट विद्युत उत्पादन हुन लागेकोले जसरीपनि काम सकिने उनको दाबी थियो। सबै समस्याहरूलाई सुल्झाएर काम निर्धारित समयमा सकिने घिसिङको दाबी गरेपनि दोस्रो पटक थपिएको म्यादमा पनि काम सकिएन। मंगलबार दोस्रो पटक थपिएको समयपनि सकिएको छ। भारतीय ठेकेदार कम्पनीले राम्रोसँग काम नगर्दा तथा निर्माण क्षेत्रमा भएको समस्या सुुल्झाउन नसक्दा थपिएको समयमा पनि काम नसकिएको हो।

पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ र इलाममा उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्ने १३२ केबिए प्रसारणलाईन अन्तर्गत इलामको सोयाकदेखि पाँचथरको अमरपुरसम्मको काममा ढिलाई भएको हो। आर्थिक वर्ष २०६६–०६७ बाट करिडोरको काम सुरु भएको थियो। आव २०७१–०७२ भित्र सक्ने सुरुवाती योजना थियो। ठेक्का सम्झौता भएको समयमा काम नसकिएर दुई पल्ट थपिएको म्याद सकिसकेको छ। इलामको सोयाक देखि पाँचथरको अमरपुरसम्मको काममा निक्कै ढिलाई भएको छ। झापाको लखनपुर देखि पाँचथरको अमरपुरसम्मको प्रसारणलाईन मध्ये सोयकसम्म एक वर्ष अघि काम सकिएपनि यताको काम सकिएको छैन।

यहि प्रसारणलाईलाई दृष्ट्रिगत गरेर बनेका विभिन्न जलविद्युत आयोजनाबाट विद्युत उत्पादन हुने अवस्थामा पुगेका छन्। दोस्रो पटक थपिएको म्यादमा पनि काम नसकिएको आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले बताए। यो खण्डमा राख्नुपर्ने १ सय २५ टावरमध्ये २५ वटा टावर राख्ने फाण्डेसन समेत खनिएको छैन। इलामको सिद्धिथुम्काबाट र चमैतामा स्थानीयको अवरोध कायमै छ। ठेकेदार कम्पनीले तार टाङ्ने काम समेत गरेको छैन। अवरोध नभएका ठाउँमा पनि कामले गति पाउन सकेको दैखिदैन।

भारतीय ज्वग्वार एण्ड एष्टर कम्पनीले राम्रोसँग समयमा काम नगर्दा अवरोध नभएका ठाउँमा समेत काम देखिएको छ। निर्माण कम्पनीले आलटाल गरीरहेको छ। आयोजनालेनै समस्या समाधान र काम लगाउन राम्रो भुमिका खेल्न सकेको देखिदैन। प्रसारण लाईनको काम समयमा नसकिदा १५ मेघावाट क्षमताको हेवा ए जलविद्युत आयोजनाको ३३ केबिएबाट पाँच मेघावाटमात्र केन्द्रिय प्रसारणमा जडान हुँदै छ। यहि प्रसारणबाट २२ मेघावाटको तल्लो हेवा, २५ मेघावाटको काबेली बि–१, १० मेघावाट इवा खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

झापाको लखनपुरदेखि पाँचथरको अमरपुरसम्मको विद्युत प्रसारणलाईनलाई काबेली करिडोर मानिन्छ। इलामको गोधकमा रहेको सवस्टेशनसम्म निक्कै ढिला गरी काम सकएको थियो। गोधक–अमरपुर खण्डमा ६०  प्रतिशतसम्ममात्र काम भएको बताइन्छ।  यो खण्डमा ५६ दशमल १ किलोमीटर प्रशारणलाइनको काम छ। इलामको सिद्धिथुम्का र चमैतामा स्थानीयले अवरोध गरेका छन्। सिद्धिथुम्कामा ११ वटा र चमैतामा ४ वटा टावर राख्ने स्थानमा अवरोध छ।

अवरोध नभएका ठाउँमा ठेकेदार कम्पनीले कामगर्न सकिएरहेको छैन। टावर राख्ने र तार टाङने काममा ढिलाई भएको छ। बनक्षेत्रमा बन काट्न समेत समस्या देखिएको छ।  प्रसारणलाईन १ अर्ब ३० करोडमा ठेक्का लगाइएको थियो। ठेकेदार कम्पनीले कामको पैसा पनि नदिदा काम गर्ने मान्छे समेत नुहने गरेको गुनासो रहेको छ। आयोजना कार्यालयले पनि राम्रोसँग काम अघि बढाउन नसकेको जलविद्युत आयोजनाका प्रवद्र्धकहरूको गुनासो रहेको छ।

विद्युत उत्पादन गरेर कहाँ हाल्नु पर्ने अवस्थामा रहेको तल्लो हेवा जलविद्युत आयोजनाको माउण्टेड हाईड्रोपावर कम्पनीका अध्यक्ष सिताराम तिम्सिनाले बताए। काम अन्तिम चरणमा पुगेको उनले बताए। आयोजनाको अमरपुर, फिदिमको थापाटारमा सबस्टेशन भने निर्माण सम्पन्न भएका छन्।

प्रकाशित: १३ वैशाख २०७५ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App