७ वैशाख २०८१ शुक्रबार
समाज

सप्तकोसी नदीमा पानीको बहाव उच्च, खतराको संकेत राताे बत्ती बालियो

इटहरी–लगातार परेको अविल बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। बुधबार बिहान कोसी ब्यारेजमा पानीका बहाव एक लाख ७८ हजार ९ सय क्यूसेक पुगेको छ । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको  छ।  पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २७ वटा ढोका खुल्ला गरिएको  छ । पानीको बहाव बढने क्रम निरन्तर भएकाले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले जनाएको छ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वित्तिकै खतराको संकेत रात्तो बती बाल्ने गरिन्छ । एक लाख ५० हजार मात्र पानीको बहाव कटेमा पश्चिम तर्फ  र दुई लाख काटनेवितिकै पूर्व तर्फ बालिने गरिन्छ । पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ ।
कोशी व्यारेजमा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता छ । तर, व्यारेज  भन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ ।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही गाविस डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका  थिए। त्यो बेला सप्तकोसीलाई तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो। एकपटक पूर्वी तटबन्ध भत्काएर पुन पुरानै अवस्थामा फर्काएपनि कुनै पनि बेला बिनासलिला मच्चाउन सक्ने भएकाले गर्दा स्थानीय बासीन्दा जहिले त्राहीमाम हुने गरेका हुन् ।

 

प्रकाशित: ८ असार २०७३ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App