८ वैशाख २०८१ शनिबार
समाज

साथीको सामान चोरी गर्ने पक्राउ

भक्तपुर – प्रहरीले सँंगै कोठमा बस्ने साथीको सामान चोरी गर्ने एकजनालाई बिहीबार पक्राउ गरेको छ। 

विहान अन्दाजी साढे दुई बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका ५ निकोसेरा राधेराधेबाट झापा जिल्ला घर भई हाल मध्यपुर थिमि बस्ने १७ वर्षीय पवन राईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

सिरहा विष्णुपुर कटी ४ घर भई हाल सँंगै कोठामा बस्ने २३ वर्षीय मिलन राईको कोठाबाट सामान लिएर भागेका पवनलाई पाँंच मिनेटभित्रै पक्राउ गरेको परिसरका सूचना अधिकृत कृष्ण प्रसाईले बताए। पवनको साथबाट साठी चौवन्न हजार नगद र हुवाईको मोवाइल थान एक बरामद गरिएको उनले जनाए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १३ वैशाख २०७५ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App