मनमोहनको बाटाेमा नहिड्ने कम्युनिष्ट हुनै सक्दैन : प्रधानमन्त्री ओली

बिहिबार, १३ बैशाख २०७५, १२ : ३१ नागरिक

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन, र मदन मण्डारीको पथलाई नअंगाली कम्युनिष्ट बन्न नसकिने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले मनमोहनको योग्दान नेपाली राजनीतिमा अतुलनीय रहेको बताए।

‘हामी स्पष्ट उद्देश्यका साथ देशलाई अगाडि बढाउन लागि रहेका छौं।’ ओलीले भने, ‘स्पष्ट उद्देश्यका साथ देशलाई विकासको बाटोमा डोर्‍याउन सके नेपालको कम्युनिस्ट आन्दोलन सार्थक हुनुका साथै मनमोहनप्रति सच्चा श्रद्धाञ्जलि हुने छ।’ ओलीले अधिकारीको आर्दशको मूल्यांकन हुनुपर्ने बताए।

‘मनमोहनको चाहना त्यतिबेला नै एकीकृत कम्युनिष्ट पार्टी बनाउनु रहेको थियो’, ओलीले भने, अहिले हामी सोही पथमा जुटेका छौं। ओलीले माओवादी केन्द्रसँग एकता हुन्छ की हुँदैन भन्ने आशंका नगर्न आग्रह गर्दै ढीलो चाडो पार्टी एकता भएरै छोड्ने बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले डा. ढाकाराम सापकोटाद्वारा लिखित ‘मनमोहन अधिकारी : नेपाली राजनीतिमा ६ दशक’ नामक पुस्तकको विमोचन गरे।

पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै मनमोहन राजनीतिमा सक्रिय थिए। भारत छोड आन्दोलनको क्रममा उनी बनारस जेल परेका थिए। सोही क्रममा उनको भारतीय कम्युनिष्ट नेताहरुसँग सम्पर्क हुन पुग्यो र उनी कम्युनिष्ट पार्टीमा संगठित हुन पुगे।

राजनीतिक संघर्षकै क्रममा उनी १७ वर्ष जेल परेका थिए । अधिकारी २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री भए।

विक्रम संवत १९७८ सालमा काठमाडौंमा जन्मेका अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad