८ वैशाख २०८१ शनिबार
समाज

रुकुममा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

रुकुम – रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा रा ४ प ३२७९ नंको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मुसीकोट नगरपालिकाका–१३ का गंगाराम ददेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

घाइते ददेलको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज सिफारिस गरी पठाइएको छ। मोटरसाइकल अनियन्त्रित भई सडकबाट करीब १५ मिटर तल खसेको प्रहरीको भनाइ छ।  (रासस)

प्रकाशित: १३ वैशाख २०७५ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App