coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

९० दिनको श्रमदान पछि १ सय २ घरधूरीमा खानेपानी

पाल्पा – तिनाउँ गाउँपालिका–५ का स्थानीयहरुहरुले ९० दिनको श्रमदान गरी एक सय दुई घरधूरीमा खानेपानी धारा जडान गरेका छन्। उनीहरुले पाँच हजार, पाँच सय, सय मिटर पाइप राखेर दलित तथा जनजाति विपन्न बस्तिमा लिम्दी खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत् खानेपानी पुगेको हो।

झण्डै १२ लाखको श्रमदान गरी बिस्कुनडाँडा र नयाँगाउँमा खानेपानी पुगेसँगै महिलाहरुले आफुहरुको कार्यबोझमा कमी आएको बताएका छन्। ग्रामीण खानेपानी तथा सरसफाई विकास कोषको ४१ लाख, ६० हजारको सहयोग र सामाजिक स्रोत विकास केन्द्र नेपालको प्राविधिक सहयोगमा खानेपानी तथा सरसफाई योजना सञ्चालन गरिएको हो। केन्द्रका कार्यकारी निर्देशक चोपलाल गिरीले अघिल्लो वर्षको भदौ ३ देखी सुरु गरिएको योजना उल्लेख्य जनसहभागिताका कारण एक वर्ष पुरा नहुँदै सम्पन्न गरिएको बताए। उनी भन्छन्, ‘नागरिकहरुले घरका काम छाडेर योजनाको काममा लागेँ। गाउँपालिकाले धारा र संस्थाले मिटर प्रदान गरेका छौं।’

उपभोक्ता समितिका अध्यक्ष चुरे विकले खानेपानी सुविधासँगै गाउँको आयस्तरमा वृद्धि हुने बताए। ‘नेतृत्व सीप, आनिबानीमा परिवर्तन, सरसफाई, विवाद समाधान, गुणस्तर व्यवस्थापनका बारेमा जनताको ज्ञान आर्जन भएको छ। महिला समूहले बचत गर्न थालेका छन्,’–विकले भने। कोषाध्यक्ष कुन्तिदेवी चिदीले विपन्न समुदायमा पानीका कारण धेरैले बसाइसराई गर्ने अवस्था सिर्जना भएको समयमा जीवनशैली नै परिवर्तन हुने आशा रहेको बताइन्।

तिनाउँ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले सामाजिक संस्थाको सहयोगमा निर्धारित समयपूर्व नै योजना सम्पन्न हुनुले चाहे परिवर्तन गर्न सकिने कुरालाई उजागर गरेको बताए। उनी भन्छन्, ‘धेरै युवाहरु वैदेशिक रोजगारमा छन्। विद्यालयमा विद्यार्थी कम भैरहेको समयमा गाउँमै आयआर्जन गरी जीवनयापन गर्न पानी माध्यम बन्न सक्छ।’

५७ घरधूरी जनजाति र ४५ घरधुरी दलित रहेको समुदायमा खानेपानीका लागि अब एक घण्टा पैदल जानुपर्ने बाध्यता हटेको छ। यससँगै विद्यालयमा विद्यार्थी समेत नियमित विद्यालय जान थालेका छन्। खानेपानी योजना सम्पन्न भएसँगै गाउँका ६ सय २७ जना प्रत्यक्ष लाभान्वित भएका छन्।

प्रकाशित: १३ वैशाख २०७५ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App