६ वैशाख २०८१ बिहीबार
कला

‘भुइयाँ’को दोस्रो संस्करण बजारमा

काठमाडौ  – पत्रकार यज्ञशको पहिलो गैरआख्यान कृति‘भुइयाँ’को दोस्रो संस्करण बजारमा आएको छ । पुस्तक गत भदौ १८ गते प्रकाशित भएको थियो।

‘भुइयाँ’औसत जीवनको खोजीका लागि भएका आन्दोलनहरुमा संलग्न महिलाहरुको कथा हो । पुस्तकमा पश्चिम कैलालीदेखि पूर्वको मोरङसम्मका १२ महिलाहरुको जीवनकथा समेटिएको छ । आख्यानको शैलीमा लेखिएको यस गैरआख्यानले समीक्षकहरु र आमपाठकको राम्रो प्रशंसा पाएको छ । गत फागुनमा उक्त पुस्तकले पहिचानको पक्षमा लेखिएका पुस्तकलाई दिइने रु दुई लाख दुई हजार दुई रुपैयाँको पहिचान पुरस्कार पनि पाएको थियो।

लेखक यज्ञशले पुस्तकले पाएको प्रशंसाबाट आफूलाई गैरआख्यान विधामा अन्य पुस्तकहरु लेख्ने उर्जा प्राप्त भएको बताएका छन् । ‘सबैको ध्यान मध्यमवर्ग र सहरका कुराले मात्रै तानिरहेका बेला निम्नवर्गका मानिसहरुका संघर्ष हराउँदा रहेछन् । तर, हाम्रो समाजलाई जीवन्त र जुझारु बनाउने कामचाहिँ यही वर्गका मानिसले गरिरहेका छन्,’ उनले भने, ‘यस्ता अरु कथा पनि लेखिनु जरुरी छ।’

अघिल्लो संस्करणमा देखिएका गल्तीहरु सच्चाई र केही पुर्नलेखन गरी नयाँ संस्करण बजारमा आएको प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले बताए।

 

प्रकाशित: १३ वैशाख २०७५ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App