बौद्ध सम्मेलनको तयारीबारे मन्त्री पोखरेलद्वारा जानकारी

बुधबार, १२ बैशाख २०७५, २१ : २३ नागरिक

बुटवल- रक्षामन्त्री ईश्वर पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनी सिंगो नेपाली जनताको साझा गौरव गर्ने ठाउँ भएकाले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई भव्यरुपले सफल पार्न तयारीमा लाग्न सबैसँग आग्रह गरेका छन्।

बुद्ध जन्मस्थल लुम्बिनीमा २५६२ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि नेपाली सेनाले करिब एक महिनाको अवधिमा निर्माण गरेको तीन हजारभन्दा बढी क्षमताको सभागृह तथा बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी सम्बन्धमा जानकारी लिन रक्षा मन्त्री पोखरेल बुधबार लुम्बिनी आएका हुन्।

उनले भने – “यही वैशाख १५ र १६ गते आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालसँगै अन्तर्राष्ट्रिय जगतमा समेत महत्वपूर्ण सन्देश दिने भएकाले यसलाई सफल बनाउनु सबैको कर्तव्य हो।”

नेपाली जनताको आस्थाको धरोहर लुम्बिनीको संरक्षण तथा प्रचारप्रसार गर्ने काम सबैको चासोको विषय हुनुपर्ने पनि उनले बताए।

लुम्बिनीको विकासमा स्थानीय जनता, नागरिक समाज, राजनीतिक दलको विशेष चासो भएमा यसको विकास प्रभावकारी ढंगले अगाडि बढाउन सकिने बताउँदै उनले भने, “राष्ट्रिय गौरवको साझा महत्वपूर्ण क्षेत्रको संरक्षण, सम्वद्र्धन र सुरक्षामा सबै लाग्नुपर्छ।”

उनले लुम्बिनीको योजनाबद्ध विकासका लागि चार दशकदेखि कार्यान्वयनमा रहेको लुम्बिनी गुरुयोजनाको काम विगतमा देशमा जारी द्वन्द्व लगायतका कारणले प्रभावकारीरुपमा अघि बढ्न नसकेको स्वीकार्दै सरकारले लुम्बिनीको विकासका लागि राजनितिक क्रिडास्थल बन्न नदिने, योग्यता, क्षमता र योगदानलाई हेरेर दक्ष र विज्ञ व्यक्तिलाई नेतृत्वको जिम्मेवारी दिने समेत बताए।

रु चार करोड लागतमा उक्त सभागृह नेपाली सेनाले करिब एक महिना लगाएर निर्माण सम्पन्न गरेको हो। लुम्बिनीमा हुने तीन दिने कार्यक्रमको सम्पूर्ण तयारीका बारेमा मन्त्री पोखरेललाई प्रदेश ५ का पर्यटन मन्त्री लीला गिरी र लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव इन्जिनियर सरोज भट्टराईले जानकारी गराएका थिए। सो अवसरमा मन्त्री पोखरेलले जिल्लास्थित उच्च सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग सम्मेलनका लागि भएका सुरक्षा प्रवन्धबारे जानकारी लिएका थिए।

मन्त्री पोखरेलले सभागृहको अवलोकनपछि मायादेवी मन्त्रीको अवलोकन तथा दर्शनसमेत गरेका थिए। यही वैशाख १५ र १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा १७ गते २५६२ औँ बुद्धजयन्ती कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओली तीन दिन लुम्बिनीमा रहनुहुने कार्यक्रम रहेको छ। यस्तै, बुद्ध जयन्ती कार्यक्रमका लागि प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी आउने कार्यक्रम रहेको छ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad