१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

कहिले पूरा होला पुनर्निर्माण ? (फोटो फिचर)

काठमाडौं- भूकम्प गएको तीन वर्ष पुगेको छ। २०७२ वैशाख १२ को भूकम्पले ठूलो मात्रामा जनधनको क्षति पुर्‍यायो। राहत र क्षतिपुर्तीका विभिन्न कार्यक्रम सरकारले ल्यायो। भूकम्प पछिको पुनर्निर्माणको लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठनसमेत गर्‍यो। प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन भए। पुनर्निर्माणको जिम्मा लिएको प्राधिकरणका काम सुस्त छन्। भूकम्प पीडितका घर अझै निर्माण हुन सकेका छैन। सरकारी भवनको चाला पनि उस्तै छ। पुरातात्विक सम्पदाहरु पुनर्निर्माणको पर्खाईमा छन्।

प्राधिकरणका अनुसार ७ लाख ६७ हजार ७ सय ५ घर भत्किए। तर अहिलेसम्म १ लाख ४१ हजार ६ सय २६ घर निर्माण भएका छन्। ३ सय ७९ वटा सरकारी भवन भत्किए जसमा २ सय २० भवनको निर्माण भएको प्राधिकरणको अभिलेखमा छ। यस्तै ७ हजार ५ सय ५३ शैक्षिक संस्था भत्किए अहिलेसम्म ३ हजार १ सय ५७ शैक्षिक संस्थाको पुनर्निर्माण भएको छ। यस्तै ७ सय ५३ सम्पदा भत्किए र अहिलेसम्म १ सय सम्पदाको पुनर्निर्माण भएको छ। भूकम्पमा धरहरा भत्कियो तर पुनर्निर्माण हुन सकेको छैन। बौद्धनाथ स्तुपाको भने पुनर्निर्माण भएको छ। रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरवार क्षेत्र लगायतका सम्पदा पुनर्निर्माणको पर्खाईमा छन्।

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App