coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘मोदी जनकपुर जाने पहिलो भारतीय प्रम, भव्य स्वागत गरिने’

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास दिलाएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा बुधबार उनले भने, ‘मोदीजीको नेपाल भ्रमणको तयारी सुरु भैसकेको छ, उहाँ यसपटक जनकपुर जाँदैहुनुहुन्छ, भारतीय प्रधानमन्त्री जनकपुर जाने सायद उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ, अहिलेसम्म कोहीपनि गएका छैनन्।’

मोदीलाई जनकपुरमा भव्य रुपमा नागरिक अभिनन्दन गरिने उनले जानकारी गराए। ‘हो, उहाँलाई भव्य रुपमा अभिनन्दन हुन्छ, र हुनुपनि पर्छ’, उनले भने। नेपाल–भारत द्धिपक्षीय सम्बन्ध नेपाल वा भारतका प्रधानमन्त्रीले नबनाएको बताउँदै उनले थपे, ‘यो ऐतिहाँसिक सम्बन्ध हो, परापुर्वकालदेखि नै सम्बन्ध स्थापित भएको हो, आदिकालदेखि नै स्थापना भएको सम्बन्ध सुमधुर छ।’

मोदीको नेपाल भ्रमणको क्रममा औपचारिक तथा अनौपचारिक कुराहरु हुनेपनि उनले जनाए। ‘नेपालले आफ्नो देशको हितलाई र भारतले पनि आफ्नो देशलाई हितमा राखेर कुराकानीहरु हुन्छन्, उहाँको भ्रमणताका राम्रा कुरा हुनुपर्छ’, उनले भने।

मोदीलाई जनकपुरमा २ लाख मानिसहरुको उपस्थितिमा अभिनन्दन गर्ने भनिएको छ नि भनेर सोधिएको एक प्रश्नमा झाले भने, ‘२ लाखभन्दा बढिपनि हुन्छ नि, अलिकति कमपनि हुनसक्छ, तर उहाँको सम्मान भव्य रुपमा हुन्छ।’ 

मोदीको नेपाल भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको उनले जनाए। झाले भने, ‘उहाँ यसपाली जनकपुर र मुक्तिनाथ जाँदैहुनुहुन्छ, तराईदेखि हिमालसम्म उहाँ जाँदैहुन्छ, राजनीतिकसँगै उहाँको यसपटक धार्मिक–साँस्कृतिक भ्रमण हुन्छ।’

प्रकाशित: १२ वैशाख २०७५ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App