coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले बनायो रुकुममा छायाँ सरकार

रुकुम (पश्चिम)- नेपाली कांग्रेसले पहिलो पटक स्थानीय तहमा छायाँ सरकार गठन गरेको छ। मंगलबार जिल्लाको त्रिवेणी गाउँपालिकामा छायाँ सरकार गठन गरेको हो।

कांग्रेस नेता एवम् त्रिवेणी गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेद्वार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्सीय गाउँपालिका स्तरिय छायाँ सरकार गठन गरेको कांग्रेस रुकुमले जानकारी दिएको छ। जनप्रतिनिधिहरुले जनताको इच्छा, आवश्यकता भन्दा पनि आफ्नो स्वार्थ पुरा गर्ने गरेर काम गरिरहेकाले यसलाई रोक्नको लागि छायाँ सरकार गठन गरिएको नेपाली कांग्रेस रुकुमका सभापती प्रेमप्रकाश ओलीले जानकारी दिए। जनप्रतिनिधिको नाममा भैरहेका विकृतिलाई रोक्नको लागि सुरु भएको यो अभियानमा सहयोग गर्न उनले आम नागरिकलाई अपिल समेत गरेका छन्। त्रिवेणी गाउँपालिकाको मुरुमा भएको छायाँ सरकार गठन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति ओलीले जनतालाई पर्ने हरेक समस्या समाधान गर्न आफ्नो पार्टी तयार रहेको समेत बताए।

अहिले पनि जनप्रतिनिधिले जनतालाई दुःख दिने काम भैरहेकाले यो कुराको अन्त्य गर्ने उनले उद्घोष गरे। ‘अहिले जनप्रतिनिधिबाट जनतालाई दुःख दिने काम भैरहेको छ’ सभापती ओलीले भने, ‘स्थानीय सरकार आएपछि सबै सेवा सुविधा गाउँमै पाउने आशामा रहेका जनताले चर्को कर मात्र तिर्न बाध्य भएका छन्, यो कुरा हाम्रो पार्टीलाई सह्य छैन्’ उनले भने। गर्भवती महिलालाई आईरन चक्की, विद्यार्थीलाई किताब उपलब्ध गराउन नसक्नेले सरकारले चर्को कर मात्र लगाएर जनताको ढाडसेक्ने काम गरेको उनको भनाई छ।

प्रकाशित: १२ वैशाख २०७५ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App