८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

नाइजेरियाको एक चर्चमा आक्रमण, सोह्रको मृत्यु

लागोस – नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ। 

राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिए।
 
घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोट्याएको बताएका छन्। 

फुलानी समुदायका गोठालाहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएपछि सुरक्षा चुनौती थपिएकाले उनले विदा छोट्याएर फर्किएका हुन्। 

घटनामा परी मृत्यु हुनेमा दुई जना क्याथोलिक पुजारी र अरु ११ जना पुजामा संलग्न भक्तजनहरु रहेका अधिकारीहरुले बताएका छन्। 

सेन्ट इग्नाट्यिुस क्वासी क्याथोलिक पारिसमा आक्रमण भएको अधिकारीहरुले बताएका छन् । बिहान सवेरै प्रार्थना भईरहेका बेला आक्रमणकारीहरुले चर्चमा एकाएक आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। 

उनीहरुले प्रहरी र पत्रकारलाई दिएको जानकारीअनुसार स्थानीय समयानुसार बिहान पाँच बजे आक्रमणको घटना भएको थियो। 

राष्ट्रपति मोहम्मद बुहारीले बेन्युको घटनालाई तल्लो स्तर र घटिया कार्य भएको भनि टिप्पणी गरेका छन्। 

प्रकाशित: १२ वैशाख २०७५ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App