७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङमा ट्रक दुर्घटना,७ जना घाईते

धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मालिङ्गामा ट्रक दुर्घटना हुदाँ ७ जना घाईते भएका छन्।

काठमाडौंबाट स्याङजातर्फ जाँदै गरेको ना ३ ख ५५२४ नम्बरको ट्रक बुधबार स्टेरीङ फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

ट्रक सडकबाट २० मिटर तल खसेको छ। दुर्घटनामा घाईते भएकाहरूको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

प्रकाशित: १२ वैशाख २०७५ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App