८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चर्च आक्रमणमा १९ काे मृत्यु

 नाइजेरिया - नाइजेरियाको मध्यउत्तरमा पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी दुर्इ धर्मगुरुसहित कम्तीमा १९ जनाको मृत्यु भएको छ।

राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिए।घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोटएका उनले बताए।

फुलानी समुदायका गोठालाहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएपछि सुरक्षा चुनौती थपिएकाले उनले बिदा छोट्याएर फर्किएका हुन्। घटनामा परी मृत्यु हुनेमा दुई जना क्याथोलिक पुजारी र अरु ११ जना पुजामा संलग्न भक्तजनहरु रहेका अधिकारीहरुले बताएका छन्।

सेन्ट इग्नाट्यिुस क्वासी क्याथोलिक पारिसमा आक्रमण भएको अधिकारीहरुले बताएका छन्। बिहान सबेरै प्रार्थना भईरहेका बेला आक्रमणकारीहरुले चर्चमा एकाएक आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

उनीहरुले प्रहरी र पत्रकारलाई दिएको जानकारीअनुसार स्थानीय समयानुसार बिहान पाँच बजे आक्रमणको घटना भएको थियो।राष्ट्रपति मोहम्मद बुहारीले बेन्युको घटनालाई तल्लो स्तर र घटिया कार्य भएको भनि टिप्पणी गरेका छन्।रासस

प्रकाशित: १२ वैशाख २०७५ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App