coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

धर्मगुरू आशाराम दोषी ठहर

नयाँ दिल्ली – नाबालिका बलात्कारको आरोप लागेका भारतीय धर्मगुरू आशारामलाई भारतको जोधपुर अदालतले दोषी ठहर गरेको छ।

उनलार्इ कति वर्ष जेल सजाय हुने भन्नेबारे बहस भइरहेकाे छ। फैसला हुन बाँकी छ ।उनीमाथि १० वर्षसम्म सजाय हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

 एक १६ वर्षिया बालिकाले धर्म गुरू आशारामले आफूमाथि बलात्कार गरेको भन्दै जोधपुर अदालतमा निवेदन दिएपछि प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको थियो।
आशारामले भने आफुमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका थिए। प्रहरीले उनलाई पक्राउ गरेको करिब ५६ महिनापश्चात् मात्रै अदालतले उनलाई दोषी ठहर गरेको हो ।

प्रकाशित: १२ वैशाख २०७५ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App