भुइँचालोको तीन वर्ष र हाम्रो चाल

बुधबार, १२ बैशाख २०७५, ०९ : ५० बुद्धिनारायण श्रेष्ठ

ठीक तीन वर्षअघि आजकै दिन ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पले नेपाललाई ५५ सेकेन्ड हल्लाएर जनतालाई त्राहिमाम बनाएको थियो । मुख्य कम्पनपछि २०७४ फागुन १८ सम्म ४ रिक्टरसम्मका ४९८ पराकम्पन छुटेका छन् ।

यसमध्ये शक्तिशाली कम्पन भएको भोलिपल्ट वैशाख १३ गते ६.९ स्केलको सबभन्दा ठूलो पराकम्पन गएको थियो । ४ रिक्टरमुनिका करिब ३ हजार ४ सय पराकम्पन भएका छन् । २०७५ वैशाख २ गते पनि ३.२५ स्केलको पराकम्पन भयो । यस्ता झट्का सामान्यतया एक डेढ वर्षसम्ममा रोकिनुपर्ने थियो । तर अहिलेसम्म बेलाबखत झट्का छुटिरहेकै छ ।

भूकम्पका कारण निजी, सरकारी, सम्पदा, विद्यालय, सार्वजनिक गरी७ लाख ७६ हजार ४ सय ५ घर पूर्ण रूपमा क्षति भएको थियो भने २ लाख ८४ हजार ४ सय आंशिक रूपमा भत्किएको थियो । पुननिर्माण प्राधिकरणअनुसार पूरै भत्किएकामध्ये १ लाख १२ हजार ४ सय घर निर्माण भएका छन् (२०७४ चैत १६)।

यसबाट अभैm करिब ८६ प्रतिशत घर तयार हुन बाँकी रहेको देखिन्छ । ३२ जिल्लाका २४ हजार ९ सय ९१ निजी घर सामान्य क्षति पु¥याएकामा ती घरहरूलाई प्रबलीकरण (रेट्रो फिटिङ) मात्रै गरे पुग्नेमा यो काम प्राधिकरणद्वारा अभैm सुरु गरिएको छैन । यी कुराबाट पुननिर्माणको कार्य सुस्त रहेको जान्न सकिन्छ । यसै रफ्तारमा जाने हो भने बाँकी घर निर्माण गर्न अरू १३ वर्ष लाग्ने देखिन्छ । के कारणले यस्तो मन्द गति भएको हो भन्ने सर्वसामान्यको जिज्ञासा रहेको छ ।

स्रोत, साधन र रकमको कमी भएर निर्माण कार्य ढिला भएको नहुनुपर्ने हो । दाता राष्ट्रको सम्मेलन आयोजना गरेको समय रकमको ओइरो लागेको थियो । छिमेकी मुलुक भारतले १ खर्ब र चीनले ७७ अर्ब रुपियाँ बराबरको सहायता प्रदान गर्ने वाचा गरेका थिए । देशभित्रकै एनसेल कम्पनीले १ अर्ब कबोलेको थियो।

सम्मेलनमा उपस्थित राष्ट्रहरूले प्रशस्त मात्रामा नव निर्माणका वचन दिएका थिए । यति हुँदाहुँदै पनि पुनर्निर्माण प्राधिकरणको व्यवस्थापन पक्ष अथवा रकमको अपर्याप्तताका कारणले हो जनताले आशा गरेअनुसार काम हुन सकेको पाइएको छैन । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत चार पटकमा तीनजना बदलिएका छन् । यो पनि एउटा कारण हुनसक्छ । तर यस्ता व्यवस्थापकीय कमजोरीका कारण भूकम्पपीडित जनता लामो समयसम्म पीडामा परिरहन हुँदैन ।

    जीर्ण सम्पदा संरचनामध्ये केही जीर्णाेद्धार गर्न सुरु गरिएको छ । तापनि काठमाडौँ राजधानी सहरको पहिचान बोकेको धरहरा (भीमसेनस्तम्भ)ठड्याउने कामको सुरसार अहिलेसम्म हुन सकेको छैन । भूकम्पले भत्काएको ९ तले धरहरा प्रधानमन्त्री केपी ओलीले तत्कालीन प्रधानमन्त्रीका हैसियतमा २०७२ फागुन ४ गते ‘मेरो धरहराः म बनाउँछु’ भन्ने नारा तथा अभियानका साथ सुरु गरेका थिए ।

यसका लागि लाग्ने रकमका निम्ति आफ्नो तथा मन्त्रिपरिषद सदस्यको एक महिनाको तलब दिने घोषणा गरेका समय विभिन्न संघसंस्थाले पनि रकम प्रदान गरेका थिए । यो स्मारक निर्माणका लागि सरकारी, अर्धसरकारी या संघसंस्थाबीच किचपिच चलेको भए प्रधानमन्त्रीले यसप्रति दृष्टि दिई आफ्नो तत्कालको नाराअनुसार अविलम्ब कार्य अगाडि बढाउँदै आफ्नो बोली भौतिक रूपमा कार्यान्वयन गराउन सक्नुपर्छ ।

   सरकारीस्तरको संस्थाद्वारा सबल कार्य नगरिएको भए तापनि सामाजिक संस्थाहरूमध्ये धुर्मुस–सुन्तली फाउन्डेसनले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, दोलखाजस्ता जिल्लामा ४ हजार ८ सय घर निर्माण गरी तीनओटा एकीकृत नमुना बस्ती (मुसहर, गिरानचौर तथा पहारी बस्ती) बसाएर अतुलनीय कार्य गरेको छ । यसैगरी सिन्धुपाल्चोक झ्याँडी माझीगाउँमा अभिनेत्री श्वेता खड्काको पहलमा ५६ माझी परिवारका लागि एकीकृत नमुना बस्ती बनिरहेको छ ।

 लन्डनको गोर्खाली चेली जोआना लुम्लेले ५ अर्ब भन्दा बढी रुपियाँ बराबरको रकम नेपालको भूकम्पपीडितका निम्ति संकलन गरेकी थिइन् । यो रकम सदुपयोग गर्न सरकारले खासै चासो राखेको बुझिँदैन र गोर्खाली चेलीले पनि के योजना बनाउँदै छन् भन्ने कुरो नेपाली जनमानसले चालपाउन सकेको छैन ।

यसै सम्बन्धमा यस पंक्तिकारले सञ्चारमाध्यमद्वारा २०७२ जेठ ३ गते यस्तो राय व्यक्त गरेको थिएँ– ‘१० अर्बरुपियाँको थैली बोकेर जोआना लुम्ले नेपाल आइन् भने नेपाल सरकारले उनलाई स्वागत गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै एउटा कार्यगत मेनु उनको हातमा थमाउन सक्नुपर्छ । उदाहरणार्थः ‘कृपया तपाईं आफ्नो टोलीसहित गोर्खा जिल्लाको बारपाक क्षेत्रमा जानोस् ।

भूकम्पबाट घरविहीन हुन पुगेका त्यहाँका ३ सय ५० परिवारलाई यसैसाथ तोकिएको डिजाइन र निर्धारित मापदण्डअनुसार एकीकृत आवास निर्माण गरिदिनोस्, जुनचाहिँ वातावरणमैत्री, स्वस्थकर, भूकम्पप्रतिरोधक, नेपाली संस्कृतिमूलक होस् । तपाईं अर्को पटक नेपाल आउँदा त्यहीँको होमस्टेमा बिदा मनाउन सक्ने खालको निर्माण हुन जावोस् । तपाईंको टोलीको साथमा हाम्रा नेपाली प्रविधिज्ञ पनि त्यत्तिकै सङ्ख्यामा संलग्न हुनेछन्।

सरकारी स्तरबाट तपाईंको कामको मनिटर गरिनेछ । निर्धारित समयमा काम सम्पन्न भएपछि त्यसको विवरण र त्यसमा भएको खर्चको प्रतिवेदन प्रस्तुत गर्नुहोस् । नेपाल सरकारले तपाईंलाई धन्यवादको स्वर्णपत्रद्वारा सम्मान गर्दै फूलमालाले मैत्रीपूर्ण बिदाइ गर्नेछ ।’ यहाँ यत्रो नालिबेली जोड्नाको कारणचाहिँ यस्ता लक्षित कार्ययोजना विदेशी स्वदेशी संघसंस्था तथा व्यक्तिलाई दिन किन सकिएन ? यस्ता योजना बनेर कार्यान्वयन गरिएको भए करिब १३ हजार जना भूकम्पपीडितले अभैmसम्म पनि टहरा, त्रिपाल र भाडाको घरमा रात बिताउनुपर्ने थिएन।

  २०७२ सालको शक्तिशाली भूकम्पले हल्लाउँदै थेचार्दा ८ हजार ९ सय ७८ जना कालको मुखभित्र परे । २२ हजार ३ सय २१ जना घाइते हुन पुगे भने २ सय ७६ बेपत्ता भए।महाभूकम्पभन्दा तल्लो तहको भूकम्प नेपालमा छुट्दा किन यत्तिका व्यक्तिले ज्यान गुमाउनुपर्‍यो ? नेपालको भूकम्पपछि चिलीको मध्यभागमा २०१५ सेप्टेम्बर १६ का दिन गएको ८.३ रेक्टर स्केलको महाभूकम्पमा परेर १४ जना मात्रै मरेका थिए । नेपालमा यत्तिका धेरै व्यक्तिले ज्यान गुमाउनुपर्नाको निम्न दुई कारण हुन सक्छन्

भूकम्पीय शिक्षाको कमी
भूकम्पीय शिक्षाको सम्बन्धमाअचानक अर्को भुइँचालो आएर जमिन कम्पन हुन थाले अथवा घर हल्लाउन थालेमा अथवा आफूलाई पनि हल्लाउन थालेमा डराएर, आत्तिएर छलाङकसेर भागदौड गर्नु हुँदैन । तर संयमित भएर निश्चय नै जतिसक्दो छिटो तरिकाले घरबाट झटपट बाहिर निस्केर खुला स्थानतर्फ फड्को मार्नुपर्छ । माथिल्लो तलामा रहेको अवस्थामा अताल्लिएर भ्यालबाट हाम फाल्ने काम कहिल्यै गर्नुहुन्न।

भर्‍याङबाट सकेसम्म छिटो भुइँतलामा ओर्लेर खुला स्थानतर्फ दौड्नुपर्छ । भूकम्पले भर्‍याङ बिगारिसकेको रहेछ भने अथवा घरको भित्ता खसेर भर्‍याङ छोपिसकेको अवस्था रहेछ भने एक दुई तला माथि भए झ्यालबाट बाहिरेर घरको गारोमा सानो तिनो प्वाल परेको भेट्टाए त्यसमा टेक्दै, प्वालमा हात राख्दै संयमित भएर आँटका साथ आफ्नो शरीरलाई सन्तुलित बनाएर आफूले जमिनमा खुट्टा टेक्नसक्ने गरी हामफाल्नु उचित हुन्छ।

आफू रहेको स्थान कोठाको झ्याल, भित्ता भत्केर छोपिइसकेको भए र कोठाको कुनामा भ्वाङ परेको पाइए त्यसै निकासबाट बाहिर निस्केर भत्केर थुप्रिएको इँटाको रास तथा सिमेन्टको स्लाब भए त्यसैमाथि पर्ने गरी सन्तुलित ढङ्गले आफ्नो जीउ हल्का बनाउँदै कम गतिका साथ हामफाल्नु समयोचित हुन्छ।

आफू बाहिर जाने कम्पाउन्ड गेट, घरको भित्ता अथवा छानो खसेर छोपिइसकेको अवस्थामा रहेछ भने सकिने भए ती सामग्रीको थुप्रोमा चढ्दै त्यसैबाट सुरक्षित स्थानतर्फ दगुर्नुपर्छ । बाहिरिने उपाय कुनै नदेखिए पर्खाल चढी बाहिरिने आँट गर्नुपर्छ।

जोखिम हुनबाट बच्ने गरी पर्खालबाट बाहिर हामफाल्नु पर्छ । भरेङ अथवा झ्यालबाट सुरक्षित तरिकाले बाहिरिने अवस्था नदेखिए कोठाभित्रआफ्नो टाउको दुई घुँडाको बीचमा निहुराई हातको चाममुठीले थिची हाँसजस्तै गुडुल्किएर पलङ अथवा टेबलमुनि तथा ढोकाको सँघारमा ओत लागेरसुरक्षित भई संयमित भएर बस्नुपर्छ।

प्राविधिक ज्ञानको अभाव
भूकम्पप्रतिरोधक घर बनाउने प्रविधिका सम्बन्धमा विभिन्न क्षेत्रको माटोको परीक्षण गरी माटोले थेग्ने क्षमताअनुसारको मात्र भवन संरचना निर्माण गर्न अनुमति दिने पद्धतिको विकास गर्नुपर्छ । आवासीय घर, भवन, हाउजिङ कम्प्लेक्स, व्यापारिक मल, अफिस कम्प्लेक्स निर्माण सम्बन्धी वैज्ञानिक राष्ट्रिय मापदण्ड निर्धारण गरी कडाइसाथ अवलम्बन गराउने संयन्त्र विकास गरिनुपर्छ । यस्ता संरचनाहरूमा भूकम्प प्रतिरोधक (रिजलेन्ट) प्रविधि अपनाउन राष्ट्रिय पुनर्निर्माण आयोगले हदैसम्म कडाइ गर्नुपर्छ । स्मरणीय छ, भूकम्पले मानिसलाई मार्दैन । तर भौतिक संरचना भत्केर त्यसले किचेर मानिसलाई मार्छ ।

अन्त्यमा
हाम्रोजस्तो भूकम्पीय जोखिम क्षेत्रमा रहेको देश नेपालमा चक्रीय क्रम तथा नियमित आकस्मिकताका रूपमा आउने महाभूकम्प छुट्दा कसरी आफू बँच्ने र अरूलाई बचाउने भन्ने ज्ञान हासिल गर्नुपर्छ।

आफ्नो पैसा खर्च गरेर आफूले बनाएको आफ्नै घरले आफैँलाई किचेर आफू नमरौँ भन्नका निम्ति भूकम्प प्रतिरोधक निर्माण मापदण्ड अवलम्बन गर्दै भूकम्पीय शिक्षा हासिल गरी सदा चनाखो तथा जागरूक होऔँ । जोखिम कम गर्नाका लागि यस्तो मापदण्ड अवलम्बन गराउने तथा जनचेतना जगाउने कार्यमा राष्ट्रिय पुनर्निर्माण आयोगले जनतालाई जागरूक बनाउनुपर्छ।

 








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad